यूनाइटेड अजोडबाट ५ जना संस्थापक बाहिरिँदै, सानिमा रिलायन्सको २ लाख कित्ता सेयर बिक्रीमा

<p>काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । दुइटै बीमा कम्पनीका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । यूनाइटेड अजोड इन्स्योरेन्सका ५ जना संस्थापक सेयरधनीले ३ लाख ३३ हजार १८८ कित्ता सेयर बिक्रीमा राखेका छन् । जसमा प्रतिकित्ता १८० रुपैयाँका दरले सन्दीप खेतानले ९९ हजार [&hellip;]</p>

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । दुइटै बीमा कम्पनीका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् ।

यूनाइटेड अजोड इन्स्योरेन्सका ५ जना संस्थापक सेयरधनीले ३ लाख ३३ हजार १८८ कित्ता सेयर बिक्रीमा राखेका छन् । जसमा प्रतिकित्ता १८० रुपैयाँका दरले सन्दीप खेतानले ९९ हजार ४११ कित्ता, जुली चाचानले ४९ हजार ७०५ कित्ता, माछापुच्छ्रे ब्रिक फ्याक्ट्री प्रालिले प्रतिकित्ता २०१ रुपैयाँमा ७६ हजार ८७८ कित्ता, महेन्द्र कुमार गोयलले प्रतिकित्ता १६३.९० रुपैयाँमा ८२ हजार ५९२ कित्ता, ज्योती कुमारी सरावगीले प्रतिकित्ता १६३.५० रुपैयाँमा २४ हजार ६०२ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।

सानिमा रिलायन्स लाइफका केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको २ लाख १३ हजार १९७ कित्ता सेयर बिक्रीमा राखेका छन् ।

दुइटै कम्पनीको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

यदि ३५ दिनभित्र संस्थापकको आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने जनाएको छ ।

 

Share News