त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकका लागी चार जनाको नाम छनोट 

<p>काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको कार्यकारी निर्देशकका लागि चार जनाको नाम छनोट भएको छ । कार्यकारी निर्देशक नियुक्तिका लागि गठित छनोट समितिले प्रा.डा. घनश्याम गुरुङ, सह प्रा.डा.गोपाल सेडाईं,  प्रा.डा. नरमाया थापा र प्रा.डा सुवासप्रसाद आचार्यलाई छनोट गर्दै  अन्तर्वार्ताका लागि बोलाएको हो । अब अन्तरवार्ता माघ २३ गते हुने भएको छ । छनोट समितिले अन्तर्वार्तामा [&hellip;]</p>

काठमाडौं त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको कार्यकारी निर्देशकका लागि चार जनाको नाम छनोट भएको छ ।

कार्यकारी निर्देशक नियुक्तिका लागि गठित छनोट समितिले प्रा.डा. घनश्याम गुरुङ, सह प्रा.डा.गोपाल सेडाईं,  प्रा.डा. नरमाया थापा र प्रा.डा सुवासप्रसाद आचार्यलाई छनोट गर्दै  अन्तर्वार्ताका लागि बोलाएको हो । अब अन्तरवार्ता माघ २३ गते हुने भएको छ ।

छनोट समितिले अन्तर्वार्तामा आउँदा अस्पताल सञ्चालन सम्बन्धी व्यवस्थापन योजनाको १० मिनेटको पावर प्वाइन्ट प्रस्तुतीकरण समेत तयारी गरी ल्याउन भनेको छ । समितिले हरेक उम्मेदवारलाई आधा घण्टाको समय दिने छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा दिनेश काफ्ले रिटायर्ड भएपछि उक्त पद रिक्त रहेकोमा डा .घनश्याम गुरुङले निमित्त निर्देशकको जिम्मेवारी सम्हालिरहेका थिए । 

Share News