नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट, सबै समूह राताम्मे

<p>काठमाडौं । मंगलबारको सेयर बजार राताम्मे भएको छ । बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । परिसूचक १६ दशमलब ८५ अंकले घटेर १३४१ दशमलब ५६ अंकमा झरेको छ । त्यस्तै, सोमबारको तुलनामा मंगलबारको करोबार रकममा करिब ३३ करोड रुपैयाँ बराबरको गिरावट भएको छ । सोमबार ७४ करोडको कारोबार भएको थियो भने [&hellip;]</p>

काठमाडौं । मंगलबारको सेयर बजार राताम्मे भएको छ । बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । परिसूचक १६ दशमलब ८५ अंकले घटेर १३४१ दशमलब ५६ अंकमा झरेको छ ।

त्यस्तै, सोमबारको तुलनामा मंगलबारको करोबार रकममा करिब ३३ करोड रुपैयाँ बराबरको गिरावट भएको छ । सोमबार ७४ करोडको कारोबार भएको थियो भने मंगलबार जम्मा ४१ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४० कम्पनीको ७ लाख ९४ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजारमा कारोबार भएका सबै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ७४ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल, बैंकिङ् र विकास बैंक समूहको परिसूचक क्रमशः ४२, १९ र १४ अंकले ओरालो लागेका छन् । अन्य बाँकी समूूहको परिसूचक भने सामान्य अंकले घटेका छन् ।

कारोबारका आधारमा १० उत्कृष्ट कम्पनी                                              नाफा कमाउने १० उत्कृष्ट कम्पनी

Share News