एनआईसी एसिया बैंकले पायो १०० बराबर १५ को अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति

<p>काठमाडौं । एनआईसी एसिया बैंकले सेयरधनीलाई १०० बराबर १५ को अनुपातमा हकप्रद निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । मंगलबार बोर्डले उक्त बैंकलाई सो मात्रामा हकप्रद निष्कासन गर्न अनुमति दिएको छ । बोर्डको अनमति अनुसार बैंकले ८७ लाख २९ हजार कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । बैंकले अंकित मूल्य १०० रुपैयाँ बराबरको ८७ करोड [&hellip;]</p>

काठमाडौं । एनआईसी एसिया बैंकले सेयरधनीलाई १०० बराबर १५ को अनुपातमा हकप्रद निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । मंगलबार बोर्डले उक्त बैंकलाई सो मात्रामा हकप्रद निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डको अनमति अनुसार बैंकले ८७ लाख २९ हजार कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । बैंकले अंकित मूल्य १०० रुपैयाँ बराबरको ८७ करोड २९ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको हो ।

हाल बैंकको बिक्री प्रवन्धकको काम सिभिल क्यापिटलले गर्दै आएको बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ६ अर्ब ६४ करोड रुपैयाँ नाग्ने छ । मंगलबार बैंकको सेयर मूल्य प्रतिकित्ता ४३१ रुपैयाँ रहेको छ ।

Share News