टुरिजम डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयर खुला

<p>काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयर निष्कासन भएको छ । यो बैंकले ९१ लाख ९७ हजार ७१२ कित्ता हकप्रद साधारण सेयरको निष्कासन गरेको छ । यो बैैंकल प्रति सेयर १ सय रुपैयाँ अंकित हकप्रद सेयरकोलागि एक सेयर बराबर अर्को नयाँ एक (१ः१)को अनुपातमा सेयर दिने भएको छ । बैंकको ९१ करोड ९७ लाख [&hellip;]</p>

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयर निष्कासन भएको छ । यो बैंकले ९१ लाख ९७ हजार ७१२ कित्ता हकप्रद साधारण सेयरको निष्कासन गरेको छ ।

यो बैैंकल प्रति सेयर १ सय रुपैयाँ अंकित हकप्रद सेयरकोलागि एक सेयर बराबर अर्को नयाँ एक (१ः१)को अनुपातमा सेयर दिने भएको छ । बैंकको ९१ करोड ९७ लाख ७१ हजार २ सय रुपैयाँको चुक्ता पुँजीमा सोही रकम बढाउन हकप्रद जारी गरेको हो ।

यसको सेयर आवेदन दिन यही माग १० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका सेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन पाउने छ । यसको हकप्रद सेयरको आवेदन आगामी चैत्र १३ देखि वैशाख १७ गतेसम्म दिन पाइने उल्लेख छ ।

यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स हो । सेयरधनीले हकप्रदको आवेदन दिन र दरखास्त फाराम बुझाउन एनआईबीएल क्यापिटल मार्केट लाजिम्पाट र टुरिजम बैंकका सबै शाखाबाट आवेदन दिन पाइने छ ।

Share News