काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडले शेयरधनीहरुकोे लागि शतप्रतिशत (१ कित्ता शेयर बराबर १ को अनुपातमा) हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको १०० प्रतिशतले हुने २८ लाख ८९ हजार ५६२ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।
सो मात्राको सेयर निष्काशन गर्नका लागि कम्पनीले एनसिएम मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त कार्यको लागि जेबिल्स फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीलाल नकर्मी र एनसिएम मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धि सम्झौता गरेका छन् ।