ज्योति बिकास बैंकले शतप्रतिशत निष्काशन गर्दै, बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

<p>काठमाडौं । ज्योति बिकास बैंकले शतप्रतिशत(१ बराबर १ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो मात्राको हकप्रद निष्कासन गर्न कम्पनीले बिक्री प्रवन्धकको रुपमा सिद्धार्थ क्यापिटल लि. लाई नियुक्त गरेको छ । बैंकले बोनस सेयर वितरण पश्चात कायम हुने १ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । [&hellip;]</p>

काठमाडौं । ज्योति बिकास बैंकले शतप्रतिशत(१ बराबर १ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो मात्राको हकप्रद निष्कासन गर्न कम्पनीले बिक्री प्रवन्धकको रुपमा सिद्धार्थ क्यापिटल लि. लाई नियुक्त गरेको छ । बैंकले बोनस सेयर वितरण पश्चात कायम हुने १ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ ।

बिहीबार ज्योति विकास बैंक लि. र सिद्धार्थ क्यापिटल लि. बीच हकप्रद शेयर निष्काशन गर्ने सम्वन्धमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा ज्योति विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुँवर र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धु्रव तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।

बैंकले चालु आ.व. को दोस्रो त्रैमाससम्ममा ८ अर्ब १ करोड कर्जा प्रवाह र ९ अर्ब १२ करोड निक्षेप संकलन गर्न सफल भएको छ । सो अवधिमा बैंकले १३ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Share News