सेयर बजारमा हरियाली, नेप्से दोहोरो अंकले उकालो लाग्दा ४१ करोडको सेयर कारोबार

<p>काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियाली छाएको छ । बिहीबार नेप्से परिसूचक १२ दशमलब ६१ अंकले उकालो लागेर १३२९ दशमलब ४१ अंकमा पुगेको छ । १३४ कम्पनीको कारोबार भएको बजारमा ४१ करोड ११ हजारको सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी कुमारी बैंकको सेयर कारोबार भएको छ । बैंकको १० करोड ६९ [&hellip;]</p>

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियाली छाएको छ । बिहीबार नेप्से परिसूचक १२ दशमलब ६१ अंकले उकालो लागेर १३२९ दशमलब ४१ अंकमा पुगेको छ । १३४ कम्पनीको कारोबार भएको बजारमा ४१ करोड ११ हजारको सेयर कारोबार भएको छ ।

बजारमा सबैभन्दा बढी कुमारी बैंकको सेयर कारोबार भएको छ । बैंकको १० करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता ५१६ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बङलादेश बैंक र नेपाल लाइफ इन्स्यारेन्सको २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

बिहीबार ३ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सेती फाइनान्स, आरएसडीसी लघुवित्त र सोल्टी होटलको क्रमशः ९.७९, ९.७५ र ९.७० प्रतिशतले सेयर मूल्य बढेको छ । सबैभन्दा बढी स्वरोजगार लघुवित्तको करिब ६ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ ।

Share News