एनआईसी एशियालाई धितोपत्र व्यवसायीको इजाजत प्राप्त

<p>काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईसी एशिया क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र ब्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ बमोजिम मर्चेन्ट बैंकिङ्ग (बिक्रि प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन तथा लगानी ब्यवस्थापन) कार्य गर्नका लागी अनुमति प्राप्त गरेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम संचालन स्वीकृति पश्चात एनआईसी एशिया क्यापिटलले नयाँ तथा ग्राहकमुखी [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईसी एशिया क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र ब्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ बमोजिम मर्चेन्ट बैंकिङ्ग (बिक्रि प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन तथा लगानी ब्यवस्थापन) कार्य गर्नका लागी अनुमति प्राप्त गरेको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम संचालन स्वीकृति पश्चात एनआईसी एशिया क्यापिटलले नयाँ तथा ग्राहकमुखी मर्चेन्ट बैंकिङ्ग सेवाहरु प्रदान गर्ने छ । साथै, संस्थापक बैंकले प्रदान गर्दै आएको निक्षेप सदस्यको सेवाहरु समेत प्रदान गर्ने कम्पनीले जनाएकोे छ ।

Share News