रिलायबल डेभलपमेन्ट बैंकको ११औँ वार्षिक साधारणसभा आगामी चैत २ गते

<p>काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले आगामी चैत २ गते ११औँ वार्षिक साधारणसभा बोलाएको छ । मंगलबार बसेको कम्पनीको ६५औँ बैंक सञ्चालक समितिको बैठकले सो दिन साधारणसभा बोलाउने निर्णय गरेको हो । कम्पनीका अनुसार हाल कम्पनीको नेप्सेबाट हुने सेयर कारोबार रोक्का रहेको छ । ग्लोबल आईएमई बैंक लि. सँग प्राप्ती सम्बन्धि सम्झौताको काराणबाट बैंकको सेयरधनी दर्ता [&hellip;]</p>

काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले आगामी चैत २ गते ११औँ वार्षिक साधारणसभा बोलाएको छ । मंगलबार बसेको कम्पनीको ६५औँ बैंक सञ्चालक समितिको बैठकले सो दिन साधारणसभा बोलाउने निर्णय गरेको हो ।

कम्पनीका अनुसार हाल कम्पनीको नेप्सेबाट हुने सेयर कारोबार रोक्का रहेको छ । ग्लोबल आईएमई बैंक लि. सँग प्राप्ती सम्बन्धि सम्झौताको काराणबाट बैंकको सेयरधनी दर्ता किताब बन्द रहेको बैंकले जनाएको छ ।

साथै, कम्पनीले अब हुन लागेको साधारण सभाको लागि भिन्दै सेयरधनीहरुको दर्ता किताव बन्द गर्नु नपर्ने बताएको छ । तैपनि यस अघि कारोबार भई दाखिल खारेज हुन बाँकी सेयरहरु फागुन २० गते भित्र दाखिल खारेज गर्न गर्न आग्रह गरेको छ । साथै, सो दिन सम्म दाखिल खारेज भएका सेयरधनीहरुले वार्षिक साधारणसभामा भाग लिन र बोनस सेयरका लागि योग्य हुने बैंकले जनाएको छ ।

Share News