कैलाश विकास बैंकको हकप्रद सेयर निष्कासन, फागुन ६ देखि आवेदन दिन पाइने

<p>काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकले पाँच सेयर बराबर एक ( ५ः१)को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । यो विकास बैंकले १ अर्ब ५८ करोड रुपैयाँको चुक्ता पूँजीमा ३१ करोड ६० लाख पूँजी थप गर्ने गरी [&hellip;]</p>

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ ।

यो बैंकले पाँच सेयर बराबर एक ( ५ः१)को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो ।

यो विकास बैंकले १ अर्ब ५८ करोड रुपैयाँको चुक्ता पूँजीमा ३१ करोड ६० लाख पूँजी थप गर्ने गरी हकप्रद निष्कासन गरेको हो । यसको हकप्रद सेयरमा आवेदन दिन यही पुस १३ गतेसम्म नेपाल स्टक एक्चेन्जमा कारोबार गरिरहेका सेयरधनीले मात्रै पाउने छन् ।

उक्त सेयरको लागि सर्वसाधारणले आगामी फागुन ६ गतेदेखि आवेदन दिन पाउने बैंकले जनाएको छ । ग्लोवल आईएमई क्यापिटल लिमिटेड धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक रहेको यो बैंकको हकप्रद सेयर आवेदन दिन ग्लोवल आईएमई बैंक क्यापिटल लिमिटेड राष्ट्रिय नाच घर र बैंकको सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिने उल्लेख छ ।

Share News