कतार एयरवेयद्धारा विश्वकै सबैभन्दा लामो व्यवसायिक उडान शुरु

<p>काठमाडौं । कतार एयरवेयले विश्वकै सबैभन्दा लामो व्यवसायिक उडान शुरु गरेको छ । यो उडान कतारको दोहादेखि औकल्याडसम्मको रहेको कम्पनीको प्रबक्ताले बताएका छन् । बोइङ ७७७को क्वीआर९२० फ्लाईट सोमबार स्थानीय समय अनुसार ५ बजे दोहाबाट उडेको जहाज १६ घण्टा २० मिनेटदेखि १७ घण्टा ३० मिनेटको अवधिमा औकल्याण्डमा अवतरण गर्ने अनुमान गरिएको छ । यस उडानले  [&hellip;]</p>

काठमाडौं । कतार एयरवेयले विश्वकै सबैभन्दा लामो व्यवसायिक उडान शुरु गरेको छ । यो उडान कतारको दोहादेखि औकल्याडसम्मको रहेको कम्पनीको प्रबक्ताले बताएका छन् ।

बोइङ ७७७को क्वीआर९२० फ्लाईट सोमबार स्थानीय समय अनुसार ५ बजे दोहाबाट उडेको जहाज १६ घण्टा २० मिनेटदेखि १७ घण्टा ३० मिनेटको अवधिमा औकल्याण्डमा अवतरण गर्ने अनुमान गरिएको छ ।

quatar

यस उडानले  पाँच देशको आकाशमा १४ हजार ५३५ किलोमिटर दुरी पार गर्नेछ । उडान ट्रायकिङ गर्ने वेवसाइट फ्लाईटर्याडर२४ का अनुसार यात्रुसहित व्यवसायिक रुपमा गरिएको यो सबैभन्दा लामो दूरीको उडान हो ।

सो उडानमा ५ जना पाइलट, १५ जना सहयोगि कर्मचारी रहेको उक्त उडानमा कति यात्रु उडेका छन् भन्ने कम्पनीले सार्वजनिक गरेको छैन । एजेन्सी

Share News