नेको इन्सुरेन्सको ३२ लाख कित्ता हकप्रद सेयर निष्कासन, फागुन ११ देखि चैत १२ गतेसम्म आवेदन दिन पाइने

<p>काठमाडौं १४, माघ । नेको इन्सुरेन्सले ३२ लाख ४० हजार ४६२ दशमलव ३२ कित्ता हकप्रद सेयरका निष्कासन गरेको छ । यो इन्सुरेन्सले १ सय रुपैयाँ अंकित प्रति साधारण सेयरको शतप्रतिशत अर्थात १ दशमलव १ को अनुपातमा हकप्रद सेयरको निष्कासन गरेको छ । यो इन्सुरेन्सको यही पुस १४ गते दर्ता किताव बन्द भएकोले मितिले अघिल्लो दिनसम्म [&hellip;]</p>

neco-insurance-company-limited-nepal-1काठमाडौं १४, माघ । नेको इन्सुरेन्सले ३२ लाख ४० हजार ४६२ दशमलव ३२ कित्ता हकप्रद सेयरका निष्कासन गरेको छ ।

यो इन्सुरेन्सले १ सय रुपैयाँ अंकित प्रति साधारण सेयरको शतप्रतिशत अर्थात १ दशमलव १ को अनुपातमा हकप्रद सेयरको निष्कासन गरेको छ ।

यो इन्सुरेन्सको यही पुस १४ गते दर्ता किताव बन्द भएकोले मितिले अघिल्लो दिनसम्म सेयरका कारोबार गरेका सेयरधनिले हकप्रदको लागि आवेदन दिन पाउँने छ ।

यो इन्सुरेन्सको हकप्रद सेयरका लागि एनएमबी बैंक लिमिटेड र यसका विभिन्न शाखाबाट आवेदन दिन सकिने छ । यो इन्सुरेन्सको हकप्रद सेयरको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।

Share News