प्रभु बैंकलाई आस्वा प्रणालीमा सहभागी हुन बोर्डको अनुमति

<p>काठमाडौं, ६ माघ । प्रभु बैंक लिमिटेडले (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ बमोजिम धितोपत्र दरखास्त संकलन गर्ने कार्य आस्वा प्रणालीमा सहभागी हुन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । यस अन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्काशन हुँदाका बखत खरिद गर्न चाहने यस बैंकको जुनसुकै शाखा कार्यालयका खाताधनी लगानीकर्ताहरुबाट दरखास्त फारम संकलन गरी दरखास्त फारममा उल्लेख [&hellip;]</p>

Prabhuकाठमाडौं, ६ माघ । प्रभु बैंक लिमिटेडले (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ बमोजिम धितोपत्र दरखास्त संकलन गर्ने कार्य आस्वा प्रणालीमा सहभागी हुन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ ।

यस अन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्काशन हुँदाका बखत खरिद गर्न चाहने यस बैंकको जुनसुकै शाखा कार्यालयका खाताधनी लगानीकर्ताहरुबाट दरखास्त फारम संकलन गरी दरखास्त फारममा उल्लेख भए बमोजिमको रकम सम्बन्धित लगानीकर्ता खाताधनीकै खातामा रोक्का राख्न सक्ने बैंकले जनाएको छ ।

उक्त धितोपत्र बाँडफाँड भए पश्चात् निजको नाममा कायम हुन आएको धितोपत्र बराबरको रकम सम्बन्धित धितोपत्र निष्कासनकर्ता कम्पनीमा पठाई बाँकी रकम सम्बन्धित खाताधनीले पुर्ववत् रुपमा प्रयोग गर्न सक्ने गरी फुकुवा गर्ने व्यवस्था रहेको छ ।

यस बैंकका शाखा कार्यालयहरुका खाताधनी लगानीकर्ताहरुले सहज, सरल र झन्झट मुक्त तवरले सार्वजनिक रुपमा निष्कासन हुने धितोपत्रमा लगानी गर्न सक्ने जस्ता सुविधा प्राप्त गर्ने सक्ने बैंकले जनाएको छ ।

Share News