कञ्चनको ९ लाख ९० हजार कित्ता हकप्रद खुला, माघ २३ गतेसम्म आवेदन दिन सकिने

<p>काठमाडौं, १८ पुस । कञ्चन डेभलपमेन्ट बैंकले कुल ९ लाख ९० हजार कित्ता हकप्रदको बिक्री खुला गरेको छ । बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयरको बिक्री खुला गरेको हो । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले सोमबार (आज) देखि माघ २३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार [&hellip;]</p>

kanchan_dev_bankकाठमाडौं, १८ पुस । कञ्चन डेभलपमेन्ट बैंकले कुल ९ लाख ९० हजार कित्ता हकप्रदको बिक्री खुला गरेको छ । बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयरको बिक्री खुला गरेको हो ।

सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले सोमबार (आज) देखि माघ २३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार लगानीकर्ताले कञ्चन डेभलपमेन्ट बैंकको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालय, ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकका अन्य विभिन्न सात शाखाबाट आवेदन दिन सक्नेछन् ।

हाल बैंकको बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटले गरिरहेको छ । हाल बैंकको चुक्ता पूँजी १९ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

Share News