काठमाडौं, १७ पुस । सिटिजन्स बैंक इन्टरनेसनलले १० बराबर २.५ (अर्थात २५ प्रतिशत) को अनुपातमा हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र धितोपत्र बोर्डको अनुमति मागेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंकको दशौं वार्षिक साधारण सभाबाट निर्णय भए वमोजिम सो मात्राको शेयर निष्काशन गर्न विवरणपत्र तयार गरी स्वीकृतिको लागी बोर्ड समक्ष अनुमति मागेको हो ।
सर्वसाधारण लगानीकर्ताहरुको सुविधाको लागी बैंकले आफना ५८ वटा शाखाहरुवाट डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्दै आएको छ । साथै, आगामी माघ १ गते देखि सार्वजनिक निष्काशन भएका धितोपत्रहरु खरिद गर्न सक्ने व्यवस्थाको लागी आश्वा प्रणालीको सेवा समेत प्रदान गर्ने बैंकले जनाएको छ ।