साधारण सभा सम्बन्धि बीमा समितिको निर्देशन कार्यान्वयन भएन

<p>काठमाडौं, १३ पुस । पुस मसान्त भित्रै साधारण सभा सम्पन्न गरि सक्न बीमा समितिले दिएको निर्देशन कार्यान्वयन भएको छैन् । ९ वटा जीवन बीमा कम्पनी मध्ये कुनैले पनि पुस मसान्त भित्र साधारण सभा गर्न सकेका छैनन् र नसक्ने पनि देखिएको छ । त्यस्तै, १७ वटा निर्जिवन बीमा कम्पनीमध्ये ११ वटाले पुस मसान्त भित्र साधारण सभा [&hellip;]</p>

हालकाे कार्यालय

काठमाडौं, १३ पुस । पुस मसान्त भित्रै साधारण सभा सम्पन्न गरि सक्न बीमा समितिले दिएको निर्देशन कार्यान्वयन भएको छैन् । ९ वटा जीवन बीमा कम्पनी मध्ये कुनैले पनि पुस मसान्त भित्र साधारण सभा गर्न सकेका छैनन् र नसक्ने पनि देखिएको छ ।

त्यस्तै, १७ वटा निर्जिवन बीमा कम्पनीमध्ये ११ वटाले पुस मसान्त भित्र साधारण सभा गर्न नसक्ने भएका छन् । हालसम्म ४ वटा निर्जिवन बीमा कम्पनीले मात्रै साधारण सभा सम्पन्न गरेका छन । पुस १३ गतेसम्म थप २ वटाले पुसभित्रै साधारण सभा सम्पन्न गर्ने सूचना प्रकाशित गरेका छन् ।

पब्लिक लिमिटेड कम्पनीले साधारण सभाको २१ दिन अघि सार्वजनिक सूचना निकाल्नुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार पुस मसान्त भित्र कुनै पनि जिवन बीमा कम्पनीले साधारण सभा गर्न सक्ने देखिन्न भने ११ वटा निर्जिवन बीमा कम्पनीको साधारण सभा पनि हुने अवस्था नदेखिएको बीमा समितिका निर्देशक राजुरमण पौडेलले विकासन्युजलाई जानकारी दिए ।

हालसम्म निर्जीवन बीमा कम्पनीमा प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड, एनबी इन्स्योरेन्स कम्पनी लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले मात्रै वार्षिक साधारण सभा सम्पन्न गरेका छन् । त्यस्तै, हिमालयन जनरल इन्स्स्योरेन्स कम्पनी लिमिटेड र सगरमाथा इन्स्योरेन्सले क्रमशः पुस २९ गते र पुस २७ गते वार्षिक साधारण सभा गर्ने घोषणा गरेका छन् ।

पछिल्लो समय बीमा समितिको अध्यक्ष पद रिक्त छ । सो भन्दा अघि पनि अध्यक्षको कार्यकाल सकिन लागेकाले समितिको बोर्ड बैठक समेत बस्न सकेको थिएन् । जसका कारण जीवन बीमा कम्पनीहरुको बीमांकिय मुल्यांकन(एक्चुरी) रिपोर्ट समेत पास हुन सकेको छैन् ।

तोकिएको समयमै साधारण सभा सम्पन्न गर्ने कम्पनीलाई वित्तिय अनुशासनमा राम्रो मानिने पौडेलले बताए । पुस भित्र साधारण सभा सम्पन्न नगर्ने कम्पनीलाई आगामी चैत मसान्तसम्मको समय प्राप्त हुनेछ ।

कम्पनी ऐनअनुसार आर्थिक वर्ष सकिएको पहिलो ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्छ । त्यसका लागि कम्पनी राष्ट्रिारको कार्यालयसँग ३ महिना समय थप गर्न सकिन्छ ।

Share News