काठमाडौं, १३ पुस । डिप्रोक्स लघुवित्त विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५२ दशमलब ६३ प्रतिशत लाभांश दिने भएको छ । बुधबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १७ दशमलब ६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको सो कम्पनीले जनाएको छ ।
सो मात्राको प्रश्तावित लाभांश नियामक निकायको स्वीकृति र कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण गरिनेछ ।