आइएनजीओलाई डिसेम्बर चटारो, बजेट सक्ने गरी कार्यक्रम र छलफल दिनदिनै

<p>काठमाडौं १३, पुस । एनजीओआईएनजीओले डिसेम्बरभित्र प्रतिवेदन बनाउनुपर्ने र जनावरीदेखि नवीकरण थाल्नुपर्ने भएकाले राजधानीका तारे होटलसहित राजधानीबाहिरका सबै होटल तथा लजका बैठककक्ष एनजीओकर्मीका कारण भरिभराउ छन् । अहिले राजधानीका तारे होटलसहित राजधानीबाहिरका होटल तथा लजका सबै बैठक कक्ष आईएनजीओएनजीओका बैठक तथा सेमिनारजस्ता कार्यक्रम आयोजना भइरहेकाले आफूहरूलाई भ्याइनभ्याई भएको होटल सञ्चालकको भनाइ छ ।  समाजकल्याण परिषद्का अनुसार [&hellip;]</p>

काठमाडौं १३, पुस । एनजीओआईएनजीओले डिसेम्बरभित्र प्रतिवेदन बनाउनुपर्ने र जनावरीदेखि नवीकरण थाल्नुपर्ने भएकाले राजधानीका तारे होटलसहित राजधानीबाहिरका सबै होटल तथा लजका बैठककक्ष एनजीओकर्मीका कारण भरिभराउ छन् ।international-ngos

अहिले राजधानीका तारे होटलसहित राजधानीबाहिरका होटल तथा लजका सबै बैठक कक्ष आईएनजीओएनजीओका बैठक तथा सेमिनारजस्ता कार्यक्रम आयोजना भइरहेकाले आफूहरूलाई भ्याइनभ्याई भएको होटल सञ्चालकको भनाइ छ ।  समाजकल्याण परिषद्का अनुसार हाल नेपालमा दुई सय ५४ वटा आईएनजीओले नवीकरण गरेर काम गरिरहेका छन् ।

द्वन्द्वपीडित चन्द्रकला उप्रेती डिसेम्बर लागेपछि व्यस्त छिन् । बेपत्ता परिवारकी उप्रेती केही दिनअघि मात्र स्नेहा होटलमा सञ्चालन भइरहेको द्वन्द्वपीडित महिलाको पाँचदिने तालिममा सहभागी भइन् । द स्टोरी किचनु नामक गैरसरकारी संस्थाले सञ्चालन गरेको यो तालिम अगाडि इन्सेकको कार्यक्रममा सहभागी भएकी थिइन् उनी । दिनकै व्यस्त छु, कहिले कसले बोलाउँछ कहिले कसले, जानैपर्‌योु, धम्बोजीकी उनले भनिन्, ुबोलाएजति कार्यक्रममा जानसमेत पाएकी छैन ।

गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) का कार्यक्रमले गर्दा डिसेम्बरमा उप्रेतीझैं देशैभरि थुप्रैको व्यस्तता बढ्छ । तिनले वर्षको अन्तिम महिना गोष्ठी, समीक्षालगायत कार्यक्रम गर्छन् । एनजीओआईएनजीओको यो शैली आर्थिक वर्ष सकिने असारमा सरकारी अड्डाले बजेट सक्न गर्ने चटारोभन्दा फरक छैन ।
राजधानी र वाहिरको होटल पनि आईनजीकोअको कार्यक्रमले नै भरिभराउ भएको छ । देशैभर आइएनजीओलाइ भ्याइनभ्याइ छ । अन्नपूर्ण पोस्टबाट ।

Share News