मर्चेन्ट बैंकमा कार्यरत कर्मचारीहरुलाई दुई दिने तालिम

<p>काठमाडौं, १२ पुस । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लिमिटेड( एनबीआई) र मर्चेन्ट बैंकर्श एशोसियसन अफ नेपाल( एमबीएएन)बीच सम्झौता भएको छ । सम्झौता अनुसार एनबीआई र एमबीएएनले पुस ११ र १२ गते मर्चेन्ट बैंकमा कार्यरत कर्मचारीहरुको लागि दुई दिने &#8216;टेक्निकल एनलाइसिस स्ट्राटेजिज एण्ड प्रफिट अप्टिमाइजेसन टेक्निक्स&#8217; विषयक तालीम प्रदान गरेको छ । कार्यक्रममा एमबीएएनका अध्यक्ष प्रविन रमन [&hellip;]</p>

काठमाडौं, १२ पुस । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लिमिटेड( एनबीआई) र मर्चेन्ट बैंकर्श एशोसियसन अफ नेपाल( एमबीएएन)बीच सम्झौता भएको छ । सम्झौता अनुसार एनबीआई र एमबीएएनले पुस ११ र १२ गते मर्चेन्ट बैंकमा कार्यरत कर्मचारीहरुको लागि दुई दिने ‘टेक्निकल एनलाइसिस स्ट्राटेजिज एण्ड प्रफिट अप्टिमाइजेसन टेक्निक्स’ विषयक तालीम प्रदान गरेको छ ।

nbi_training

कार्यक्रममा एमबीएएनका अध्यक्ष प्रविन रमन पराजुलीले वर्तमान परिप्रेक्षमा यस्ता विषयगत तालीम कार्यक्रमहरु निकै आवश्यक रहेको र आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने कुरा व्यक्त गरेका छन् ।

नेपाल धितोपत्र वोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले समग्र मर्चेन्ट बैंकमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्ने कार्र्यको लागि एनबीआई र एमबीएएनले संयुक्त रुपमा आयोजना एउटा सरहानीय कदम भएको कुरा व्यक्त गर्दै धन्यवाद दिनु भयो । उनले यस्तो किसिमको तालीमहरुको महत्व प्रकाश पार्दै धितो पत्र बोर्डले पूँजी बजारको लागि एउटा तालीम प्रतिष्ठान स्थापना गर्ने गृहकार्य गरी रहेको जानकारी गराए ।

सेक्यूरिटज एण्ड एक्स्चेञ्ज बोर्ड अफ इन्डियाका डिजिएम हाल एसइबीआईको तर्फबाट नेशनल इन्स्टिटियूट अफ सेक्यूरिटिज मार्केटस्मा कार्यरत शाहिल मल्लिकले एनआइएसएमको वारेमा जानकारी गराउँदै आगामी दिनमा मानव संशाधन विकासको कार्यमा संयुक्त रुपमा कार्य गर्ने संभावनाहरु धेरै रहेको जानकारी गराएका छन् ।
उक्त कार्यक्रममा विभिन्न मर्चेन्ट बैंकहरुका ३४ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Share News