समता माइक्रोफाइनान्सको आइपीओ पुस १९ गतेदेखि, २२ गतेसम्म आवेदन दिन पाइने

<p>काठमाडौं, १२ पुस । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको थप साधारण सेयर(आइपीओ ) पुस १९ गतेबाट बिक्री खुला हुने भएको छ । कम्पनीले एक सय अंकित मूल्यको ९४ हजार ८ सय कित्ता साधारण सेयरको बिक्री खुला गर्न लागेको हो । कम्पनीका अनुसार कुल ९४ हजार ८ सय कित्तामध्ये एक हजार ८९६ कित्ता सेयर कर्मचारीको लागि र ४ [&hellip;]</p>

ipo-1काठमाडौं, १२ पुस । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको थप साधारण सेयर(आइपीओ ) पुस १९ गतेबाट बिक्री खुला हुने भएको छ । कम्पनीले एक सय अंकित मूल्यको ९४ हजार ८ सय कित्ता साधारण सेयरको बिक्री खुला गर्न लागेको हो ।

कम्पनीका अनुसार कुल ९४ हजार ८ सय कित्तामध्ये एक हजार ८९६ कित्ता सेयर कर्मचारीको लागि र ४ हजार ७४० कित्ता सेयर म्युचुअल फण्डको लागि छुट्टाइएको छ ।

इच्छुक लगानीकर्ताले ८८ हजार कित्ता सेयरकोलागि मात्र आवेदन दिन पाउने छन् । लागानीकर्ताले न्यूनतम ५० देखि अधिकत्तम पाँच सय कित्ता सेयरको माग गर्न पाउने छन् । कम्पनीका अनुसार लगानीकर्ताले छिटोमा पुस १९ गतेदेखि पुस २२ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केटलाई नियूक्त गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकका शाखाहरु, एनआइबिएल क्यापिटलको कार्यालय लाजिम्पाट, बारा स्थित माइक्रोफाइनान्सको कार्यालय लगायत विभिन्न ११ संस्थामा सेयर आवेदन बुझाउन सकिने जनाइएको छ ।

Share News