काठमाडौं, १२ पुस । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो ३७ औं शाखा कचंनपुर जिल्लाको झलारी पिपलडाँडीमा संचालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन बैंकका संचालक माधवप्रसाद न्यौपानेको सभापतित्व तथा बैंकका नायब महाप्रबन्धक सुरेन्द्र भुषण श्रेष्ठको उपस्थितिमा प्रमुख अतिथी बैंकका संचालक दीपक कार्की गरिएको थियो ।
साथै कार्यक्रममा बैंकको एटिएमको उद्घाटन झलारी-पिपलडाँडीका प्रमुख कार्यकारी अधिकृत रघुनाथ अवस्थिद्धारा गरिएको थियो । हाल झलारी शाखा सहित बैंकले ३७ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ३६ वटा एटिएमबाट बैंकिङ्ग मार्फट सुविधा दिंदै आएको छ ।
बैंकले आ.व. २०७३।७४ को पहिलो त्रैमासिकमा कुल निक्षेप ३९ अर्ब ६० करोड रुपैयाँ र कुल कर्जा ३४ अर्ब २७ करोड रुपैयाँ परिचालन गरेको छ । साथै सोहि अवधिमा बैंकको खुद नाफा २२ करोड ५० लाख रुपैयाँ रहेको बैंकद्धारा जारी विगेप्तिमा उल्लेख छ ।