नेपालको जलविद्युतमा बंगलादेशको १ खर्ब लगानी, पीपीए र पीटीए सम्झौता हुँदै

<p>काठमाडौं, १२ पुस । नेपालले बंगलादेशसँग पनि विद्युत् उत्पादन तथा व्यापार सम्झौता गर्ने तयारी गरेको छ । नेपालले व्यापार सम्झौताको लागि दुई साता अघि बंगलादेशमा सम्झौता पेपरको मोडल पठाएको छ । बंगलादेशको प्रस्तावअनुसार यहि पुसमा विद्युत् उत्पादन तथा व्यापार सम्झौता पत्रमा हस्ताक्षर गर्ने गरी ऊर्जा मन्त्रालयले तयारी गरेको थियो । तर, अहिलेसम्म कुनै जवाफ नआएको [&hellip;]</p>

hydroकाठमाडौं, १२ पुस । नेपालले बंगलादेशसँग पनि विद्युत् उत्पादन तथा व्यापार सम्झौता गर्ने तयारी गरेको छ । नेपालले व्यापार सम्झौताको लागि दुई साता अघि बंगलादेशमा सम्झौता पेपरको मोडल पठाएको छ ।

बंगलादेशको प्रस्तावअनुसार यहि पुसमा विद्युत् उत्पादन तथा व्यापार सम्झौता पत्रमा हस्ताक्षर गर्ने गरी ऊर्जा मन्त्रालयले तयारी गरेको थियो । तर, अहिलेसम्म कुनै जवाफ नआएको र आफूले बंगलादेश राजदुतावाससँग समय समयमा यस विषयमा कुराकानी गरिरहेको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले बताए । बंगलादेशले केही समयअघि नै नेपालमा उत्पादित विद्युत् आफूले खरीद गर्ने योजनाका साथ नेपालको जलविद्युत्मा १ खर्ब नेपाली रुपैयाँ बराबर लगानी गर्ने प्रस्ताव गरेको थियो ।

बंगलादेशले नेपालको ऊर्जाक्षेत्रमा संयुक्त लगानी गर्न चासो देखाएसँगै द्विदेशीय उक्त सम्झौता गर्ने तयारी गरिएको घिमिरेले बताए । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले ऊर्जामन्त्री जनार्दन शर्मालाई विद्युत् उत्पादन तथा व्यापार सम्झौता गरेर नेपालसँग मिलेर संयुक्त लगानी गर्ने प्रस्ताव राखेकी थिइन् ।

दुई देशका सरकार÷सरकारवीचको संयुक्त लगानीमा, कम्पनीमार्फत सरकारीस्तरमा वा निजी कम्पनीमार्फत अथवा विद्युत् व्यापार गर्ने अन्य कम्पनीमार्फत विद्युत् खरीद—विक्री गर्ने कुरा सम्झौताका प्रमुख विषय बन्ने ऊर्जा मन्त्रालयले बताएको छ । ऊर्जाक्षेत्रमा संयुक्त लगानी गर्ने वा नेपालमा उत्पादित विद्युत् ऊर्जा विक्री कम्पनीमार्फत खरीद गर्ने वा अन्य कुनै विकल्प अपनाउने भन्ने बारेमा भने संयुक्त कार्यदल बनाएर छलफल गर्ने प्रस्ताव बंगलादेशले राखेको छ । बंगलादेशले यसअघि पनि धेरै पटक नेपालसँग विद्युत् उत्पादन तथा खरीदसम्बन्धी सम्झौता गर्ने इच्छा प्रकट गरेको थियो ।

हाल बंगलादेशको विद्युत् उत्पादन १५ हजार मेगावाट रहेको छ । सन् २०३० सम्ममा सो विद्युत् माग बढेर ३५ हजार मेगावाट पुग्ने भएकाले बंगलादेशले यसको परिपूर्तिका लागि नेपालसँग विद्यूत् सझौता गरी लगानी गर्न लागेको हो । ‘यसैको परिपूर्तिका लागि छिमेकी देशहरूको विद्युत्मा लगानी र खरीदबिक्री प्रक्रिया अगाडि बढाउन लागिएको हो,’ केही समयअघि नेपालमा सम्पन्न ऊर्जा सम्मेलनलाई सम्बोधन गर्दै बंगलादेशकी राजदूत म्यास्फि बिण्ट शाम्सले बताएकी थिइन् ।

नेपालमा उत्पादित विद्युत् सिधै बंगलादेश लान सम्भव नभएकोले व्यापारमा अप्ठ्यारो अवस्था आउन सक्ने ऊर्जा मन्त्रालय सम्बद्ध स्रोतले बताएको छ । उत्पादनमा सहज भए पनि विद्युत् खरीदविक्रीमा भने जटिलता आउन सक्ने ऊर्जाले व्यापारिक समस्या बताएको छ । यसका लागि एउटा सम्झौता द्विदेशीय भए पनि प्रसारणका लागि नेपाल–बंगलादेश–भारतबीचको अर्को एक त्रिदेशीय सम्झौता पनि गर्नु आवश्यक हुन्छ । स्रोतले भन्यो, ‘अन्यथा भारतको जमिन भएर विद्युत् बंगलादेश लैजाने भन्ने कुरा सम्भव छैन ।’

तर, ‘सार्क इलेक्ट्रिकल फ्रेम एग्रिमेण्ट’ अनुसार सार्क राष्ट्रबीच विद्युत् आदानप्रदान गर्न सम्भव छ । जुन एग्रिमेण्टले दक्षिण एशियाली राष्ट्रहरूका बीचमा ऊर्जाक्षेत्रमा लगानी तथा व्यापार गर्न सकिने प्रावधान रहेको छ ।

अर्को सार्क उपक्षेत्रीय संगठन (सासेक)को अवधारणाले पनि यो सम्भावनालाई खुला देखाएको छ । तर, गत मङ्सिर २० गते भारतले जारी गरेको सीमापार विद्युत् व्यापार निर्र्देिशकामा नेपालमा उत्पादित विद्युत् अन्य देशमा लैजान सहज नहुने अनुमान ऊर्जाले गरेको छ । नेपालको जलविद्युत् उत्पादन र आयातमा एकाधिकार जमाउने छनक निर्देशिकाले दिएको छ ।

दुबै देशको सहमति भएपछि नेपालका ऊर्जामन्त्री जनार्दन शर्मा र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले उक्त सम्झौतामा हस्ताक्षर गर्नेछन् । सम्झौताले नेपाल र बंगलादेशबीच हुने विद्युत् व्यापारको मोडेल टुङ्गो लगाउनेछ ।

Share News