सेञ्चुरी कमर्सियल बैंकलाई आश्वा प्रणालीमा सहभागी हुन धितोपत्र बोर्डको अनुमति

<p>काठमाडौं, ११ पुस । नेपाल धितोपत्र बोर्डले सेञ्चुरी कमर्सियल बैंकलाई धितोपत्र दरखास्त संकलन कार्य (आश्वा) प्रणालीमा सहभागी हुन अनुमति दिएको छ । बोर्डका अनुसार अब बैंकले धितोपत्र निष्कासन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त बुझी लगानीकर्ताहरुको खातामा रकम होल्ड गरी दरखास्त लिनेछ । उक्त कार्य आगामी माघ १ गते देखी लागु हुने बोर्डले जनाएको छ । बैंकले आर्थिक [&hellip;]</p>

sebonकाठमाडौं, ११ पुस । नेपाल धितोपत्र बोर्डले सेञ्चुरी कमर्सियल बैंकलाई धितोपत्र दरखास्त संकलन कार्य (आश्वा) प्रणालीमा सहभागी हुन अनुमति दिएको छ । बोर्डका अनुसार अब बैंकले धितोपत्र निष्कासन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त बुझी लगानीकर्ताहरुको खातामा रकम होल्ड गरी दरखास्त लिनेछ । उक्त कार्य आगामी माघ १ गते देखी लागु हुने बोर्डले जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७३/७४ को असोज मसान्तसम्म कुल निक्षेप ३१ अर्ब ६८ करोड रुपैयाँ र कर्जा रकम २७ अर्ब ६० करोड रुपैयाँ परिचालन गरेको छ । साथै, बैंकले सोही अवधिमा बैंकले सञ्चालन मुनाफा १२ करोड ३१ लाख रुपैयाँ र खुद मुनाफा ७ करोड ४३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, १३ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्ग समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News