पत्रकार महासङ्घको कार्यालयमा तालाबन्दी

<p>म्याग्दी, ११ पुस । नेपाल प्रेस युनियन म्याग्दीले सोमबार नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा तालाबन्दी गरेको छ । महासङ्घको सदस्यताका लागि गैरव्यावसायिक पत्रकारलाई सिफारिस गरेकाले तालाबन्दी गरेको प्रेस युनियनका जिल्ला सभापति गोपाल छन्त्यालले बताए । सरकारी कर्मचारी र राजनीतिक दलका कार्यकर्तालाई महासङ्घको साधारण सदस्यता प्रदान गर्नका लागि सिफारिस गरिएकामा युनियनको आपत्ति रहेको सभापति छन्त्यालद्वारा जारी विज्ञप्तिमा [&hellip;]</p>

म्याग्दी, ११ पुस । नेपाल प्रेस युनियन म्याग्दीले सोमबार नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा तालाबन्दी गरेको छ । महासङ्घको सदस्यताका लागि गैरव्यावसायिक पत्रकारलाई सिफारिस गरेकाले तालाबन्दी गरेको प्रेस युनियनका जिल्ला सभापति गोपाल छन्त्यालले बताए ।

सरकारी कर्मचारी र राजनीतिक दलका कार्यकर्तालाई महासङ्घको साधारण सदस्यता प्रदान गर्नका लागि सिफारिस गरिएकामा युनियनको आपत्ति रहेको सभापति छन्त्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महासङ्घको साधारण सदस्यताका लागि २७ जनाको आवेदन परेकामा आइतबार बसेको बैठकले १५ जनाको नाम सिफारिस गरेको थियो । योग्य भएकालाई बैठकमा छलफल गरी सदस्यताका लागि सिफारिस गरिएको शाखा अध्यक्ष सुरत केसीले बताए। रासस

Share News