नेप्से परिसूचक ४२ अंकले घट्दा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

<p>काठमाडौं, ११ पुस । सोमबार नेप्से परिसूचक ४२ दशमलब ८४ अंकले घटेर १४३२ दशमलब ५७ अंकमा झरेको छ । साताको पहिलो दिन कारोबार भएको बजारमा परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । सो दिन ४८ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा जम्मा १३० कम्पनीको १५ लाख ५० हजार कित्ता [&hellip;]</p>

nepse_mondayकाठमाडौं, ११ पुस । सोमबार नेप्से परिसूचक ४२ दशमलब ८४ अंकले घटेर १४३२ दशमलब ५७ अंकमा झरेको छ । साताको पहिलो दिन कारोबार भएको बजारमा परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । सो दिन ४८ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा जम्मा १३० कम्पनीको १५ लाख ५० हजार कित्ता सेयर किनबेच भएको छ ।

सोमबार बजार दोहोरो अंकले घट्दा पनि दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ९.९७ र ९.८६ प्रतिशतले बढेको छ । सो दिन जनउत्थानको सेयर मूल्य प्रतिकित्ता १८०९ रुपैयाँ रहेको छ भने मेरो माइक्रोफाइनान्सको सेयर मूल्य प्रतिकित्ता ५३५ रुपैयाँ रहेको छ ।

सोमबार बजारमा चार कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । नागबेली लघुवित्त विकास बैंकको ९.९८ , कर्नाली डेभलपमेन्ट बैंकको ९.९५, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको ९.९२ र प्रोगेसिभ फाइनान्सको ९.५७ प्रतिशतले घटेको छ ।

बजारमा कारोबार भएका सबैपरिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३११ अंकले ओरालो लागेको छ भने बाँकी समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् ।

एभरेष्ट बैंक र बैंक अफ काठमाण्डू लुम्बिनी कम्पनीको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, नेको इन्स्योरेन्सको २ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

Share News