काठमाडौं, ११ पुस । काठमाडौंको जोरपाटीस्थित ओम ज्योती सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ र शिव शंकर सहकारीबीच मर्ज प्रक्रिया सम्पन्न भएको छ । दुई संस्था एकआपसमा मर्ज भई एकीकृत कारोबार शुरु गरेका छन् । ज्योति सेभिङको सम्पन्न १० औं वार्षिक साधारणसभाले दुई सहकारी एकआपसमा मर्ज हुने प्रस्तावलाई पारित गरेको हो । सो अवसरमा अध्यक्ष उमेश श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको सहकारीमा हाल ३२२ जना सेयर सदस्य रहेका छन् । साथै संस्थाले नयाँ सञ्चालक समितिको चयन पनि गरेको छ । सुदीप सुवेदीको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको हो । उपाध्यक्षमा वालकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा रिता अधिकारी र सचिवमा हरिकृष्ण थपलिया रहेका छन् ।
सदस्यहरुमा सान्नारायण महर्जन, ओमराज थापा, अनिता भण्डारी, कृष्णप्रसाद सिग्देल र श्याम वस्ताकोटी रहेका छन् । त्यस्तै लेखा समितिको संयोजकमा उद्धव पौडेल रहेका छन् भने सदस्यहरुमा मञ्जु सापकोटा र राजकुमार हुँमागाई रहेका कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।