बृहत ग्रूपद्धारा क्रिसमस डेको अवसरमा ३ हाउजिङको बुकिङ खुला

<p>काठमाडौं, ११ पुस । बृहत ग्रूपले क्रिसमस डेको अवसर पारेर आफ्ना विभिन्न हाउजिङ परियोजनाको बुकिङ खुला गरेको छ । कम्पनीले ललितपुरको भैंसेपाटीमा ल्याउन लागेको नयाँ हाउजिङ परियोजना ‘बृहत कम्युनिटी लिभिङ, भैंसेपाटी’ को बुकिङ खुला भएको हो । निर्माणका लागि नगर विकासबाट कम्पनीले हालै स्विकृती प्राप्त गरेको यस परियोजनामा २५ घरहरु रहनेछन् । ३ आनादेखि साढे [&hellip;]</p>

काठमाडौं, ११ पुस । बृहत ग्रूपले क्रिसमस डेको अवसर पारेर आफ्ना विभिन्न हाउजिङ परियोजनाको बुकिङ खुला गरेको छ । कम्पनीले ललितपुरको भैंसेपाटीमा ल्याउन लागेको नयाँ हाउजिङ परियोजना ‘बृहत कम्युनिटी लिभिङ, भैंसेपाटी’ को बुकिङ खुला भएको हो ।

housing

निर्माणका लागि नगर विकासबाट कम्पनीले हालै स्विकृती प्राप्त गरेको यस परियोजनामा २५ घरहरु रहनेछन् । ३ आनादेखि साढे ८ आना जग्गामा बन्ने यी घरहरुको बिल्टअप एरिया १४३० वर्गफिटदेखि १९२५ वर्गफिटसम्म हुनेछ । यसका अतिरिक्त कम्पनीले ‘बृहत कम्युनिटि लिभिङ्ग – रामकोट’ र ‘बृहत क्लष्टर- बल्खु’ गरी दुई परियोजनाको दोस्रो चरणका घरहरुको पनि बुकिङ खुला गरेको छ ।

यसका साथै, बृहतले हरेक वर्ष क्रिशमसका दिन हाउजिङका घरधनी परिवारसँग मनाउँदै आएको ‘क्रिशमस डे’ कार्यक्रम यसपटक आफ्नो बल्खुस्थित निर्माणाधीन आवास परियोजना बृहत क्लष्टरमा आयोजना गर्यो । ‘क्रिशमस डे’को सो कार्यक्रम कम्पनीले बृहत कम्युनिटि लिभिङ्ग – रामकोट र बृहत क्लष्टर- बल्खु, बृहत क्लष्टर- मैतिदेवीका घरधनीका परिवारहरुसँग मनाएको छ । हाउजिङका घरपरिवारका सदस्यहरुबीच निकटता, आपसी मेलमिलाप तथा सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले बृहतले विभिन्न अवसरमा यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

Share News