सेयरबाट करोडपतिको तेश्रो संस्करण बजारमा, दश हजार प्रति बिक्री

<p>काठमाडौं, ११ पुस । सेयर विश्लेषक रविन्द्र भट्टराईको पुस्तक ‘सेयरबाट करोडपति’को तेस्रो संस्करण बजारमा आएको छ । पुस्तक सार्वजनिक भएको एक हप्तामै पाँच हजार प्रति बिक्रि भएको दोश्रो संस्करण गत असारमा आएको थियो । गत जेठ १२ गते पहिलो संस्करण बजारमा आएको यो पुस्तक हाल सम्म दशहजार प्रति बिक्री भइसकेको छ । तेस्रो संस्करणमा धेरै [&hellip;]</p>

sharebat_corerpatiकाठमाडौं, ११ पुस । सेयर विश्लेषक रविन्द्र भट्टराईको पुस्तक ‘सेयरबाट करोडपति’को तेस्रो संस्करण बजारमा आएको छ । पुस्तक सार्वजनिक भएको एक हप्तामै पाँच हजार प्रति बिक्रि भएको दोश्रो संस्करण गत असारमा आएको थियो ।
गत जेठ १२ गते पहिलो संस्करण बजारमा आएको यो पुस्तक हाल सम्म दशहजार प्रति बिक्री भइसकेको छ ।

तेस्रो संस्करणमा धेरै विषय बस्तु थप गरिएको छ भने कतिपय पुनर्लेखन गरिएको छ । भाषागत त्रुटि सच्याएर पुस्तकलाई थप पठनिय बनाइएको लेखक भट्टराईले बताए । दोस्रो सँस्कणको तुलनामा पुस्तकको आकार केहि बढेको छ तर पनि मूल्य भने यथावत राखिएको छ जसले गर्दा उही मूल्यमा पाठकले अझ बढी पढ्न पाउने भएका छन ।

देशभरका सबै पुस्तक पसलमा पुस्तकको तेस्रो संस्करण उपलब्ध भएको प्रकाशक फाइनप्रिन्टका प्रवन्ध निर्देशक नीरज भारीले बताए । उनले भने, ‘दोस्रो संस्करण अपेक्षा गरे भन्दा छिट्टै सकिएको छ ।अहिले पनि पुस्तकको मागमा कमि आएको छैन । विदेशबाट सोचे भन्दा बढी माग भएको छ । पुस्तक पसलहरुबाटपुस्तकको माग निरन्तर भइरहेको छ । यो मागले तेस्रो संस्करणले अपेक्षाकृत सफलता हात पर्नेमा आशावादी छौ।’

पुस्तकमाथी पाठकको प्रतिक्रिया देखेर आफू उत्साहित भएको लेखक भट्टराई बताउँछन् । ‘सोसल मिडिया र इमेल मार्फत आएका पाठकका प्रतिक्रियाले अझ बढी उत्साहित बनाएको छ ।’ पाठकको प्रतिक्रिया सुनाउँदै उनले भने,‘जति पढ्यो त्यति पढौ लाग्छ । यो कितावले लगानीको भोक जगाइ दिएको छ ।’

Share News