मासुको उत्पादन वृद्धिले मूल्य घट्दै अण्डाको बढ्दै, अण्डाको मूल्य अहिलेसम्मकै महँगो

<p>काठमाडौं ११, पुस । चालु अर्थिक वर्षको पहिलो चार महिनामा दुघ मासु र अण्डाको उत्पादन ५ प्रतिशतसम्म बृद्धि भएको छ । तर, अण्डाको मूल्य अहिलेसम्मकै महँगो भएको आजको कारोबार दैनिकमा खबर छ । करिब ६ महिनाम्म स्थिर रहेको अण्डाको मूल्य आइतबारदेखि बढेर अहिलेसम्मकै उच्च भएको हो । शनिबारसम्म १४ रुपैयाँमा बिक्री भएको अण्डाको मूल्य आइतबारदेखि [&hellip;]</p>

eggकाठमाडौं ११, पुस । चालु अर्थिक वर्षको पहिलो चार महिनामा दुघ मासु र अण्डाको उत्पादन ५ प्रतिशतसम्म बृद्धि भएको छ ।

तर, अण्डाको मूल्य अहिलेसम्मकै महँगो भएको आजको कारोबार दैनिकमा खबर छ । करिब ६ महिनाम्म स्थिर रहेको अण्डाको मूल्य आइतबारदेखि बढेर अहिलेसम्मकै उच्च भएको हो ।

शनिबारसम्म १४ रुपैयाँमा बिक्री भएको अण्डाको मूल्य आइतबारदेखि बढेर १५ रुपैयाँमा बिक्री भएको छ । एक दुई दिनअघिसम्म अघिसम्म प्रतिक्यारेट ३८० रुपैयाँ पर्नेमा अहिले बढेर ४ सय पुगेको छ ।

उत्पादनको अनुपातमा खपत बढेकोले मूल्य बृद्धि भएको व्यवसायीको जिकिर छ । अण्डा उत्पादक किसानले अहिले प्रतिगोटा १२ रुपैयाँमा अण्डा बिक्री गरे पनि बजारमा खुद्रा मूल्य १५ रुपैयाँ पुगेको छ ।

Share News