घरजग्गा कारोबार ५ गुणा बढीले वृद्धि, बाहिरी चक्रपथ आसपासका क्षेत्रमा अझै चाप बढी

<p>काठमाडौं, १० पुस । विगत केही वर्षयता सुस्ताएको घरजग्गा कारोबार पुनः बढ्न थालेको छ । २०६४/६५ मा एकदमै उच्च विन्दुमा पुगेको घरजग्गा कारोबार त्यसपछिका वर्षमा वर्ष सुस्ताएको थियो । त्यसयता भूकम्प गएको एकवर्ष पछि फेरि घरजग्गा कारोबार मौलाउन थालेको हो । घरजग्गा कारोबारबाट २०६७/६८ मा राज्यले २९ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो [&hellip;]</p>

ghar_jaggaकाठमाडौं, १० पुस । विगत केही वर्षयता सुस्ताएको घरजग्गा कारोबार पुनः बढ्न थालेको छ । २०६४/६५ मा एकदमै उच्च विन्दुमा पुगेको घरजग्गा कारोबार त्यसपछिका वर्षमा वर्ष सुस्ताएको थियो । त्यसयता भूकम्प गएको एकवर्ष पछि फेरि घरजग्गा कारोबार मौलाउन थालेको हो । घरजग्गा कारोबारबाट २०६७/६८ मा राज्यले २९ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो भने चालू आवको पहिलो महिना साउन महिनामै एक अर्ब ६५ करोड राजस्व संकलन भएको छ ।

यसरी एक महिनामै एक वर्षभरिको राजस्व त्यो पनि ५ गुणाभन्दा बढीले उठ्नु भनेको कारोबार बढ्नु नै हो । मंसिरसम्म घरजग्गा दस्तुरबाटमात्र ५ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ भने अन्य समेत जोड्दा सो राजस्व बढेर ६ अर्ब ३५ करोड पुगेको छ । सरकारले चालू आवमा १४ अर्ब ४ करोड राजस्व उठाउने लक्ष्य लिएको छ ।

राजस्व बढी उठ्नु भनेको घरजग्गाको कारोबार बढी हुनु हो । पछिल्लो समय भूकम्प यता आम नेपाली सुविधा सम्पन्न क्षेत्रमा बसाइँ सर्ने प्रवृत्ति बढ्दै गएकोले पनि आवास निर्माणका लागि जग्गाको कारोबार बढी हुने गरेको भुमिसुधार तथा व्यवस्था मन्त्रालयका प्रवक्ता नागेन्द्र झाले बताए । ‘यसका साथै अहिले आम नेपाली विदेश जाने र विदेशको कमाइबाट सहज स्थानमा आवास निर्माण गर्ने क्रममा घरजग्गाको कारोबार बढेको हो,’ उनले भने ।

अहिले महिना दिनमै जग्गाको भाउ आनाको एक लाखका दरले बढ्न थालेको जग्गा कारोबारीहरु बताउँछन् । अझ बाहिरी चक्रपथ बन्ने भएपछि चक्रपथले छोएको क्षेत्रको आसपासमा जग्गाको भाउ चर्किदै गएको जग्गा कारोबारीहरुले बताएका छन् । भूकम्प अघिसम्म महिनामा एक/दुई जना फाटफुट जग्गा खोज्न आउने गरेकोमा अहिले दिनमै ८/१० जना समेत जग्गा हेर्न र भाउ बुझ्न आउने गरेको कीर्तिपुरका गंगाराम महतले बताए । ‘जग्गा खोज्न आउने मानिसहरुलाई कहाँसम्म वाहिरी चक्रपथले छुन्छ, त्यसको आसपासको जग्गा उनीहरुको रोजाइमा परेको छ,’ उनले भने ‘त्यतिमात्रै होइन भिरालो तथा वागमती किनारको जमिनमा समेत पैसा हाल्नेको कम छैन । ‘राम्रो ठाउँको अर्थात पक्की/कच्ची सडक नजिकको मूल्य त एक वर्षमै झण्डै दोब्बर हुन थालिसकेको कारोबारीले बताएका छन् ।

अहिले २०/२५ रोपनी लिएर सामुहिक आवास निर्माणका लागि पनि जग्गा खोज्न विभिन्न समूह आउने गरेको अर्का जग्गा कारोबारी अमृत केसीले बताए । कीर्तिपुरमामात्रै होइन पछिल्लो समय प्राय उपत्यकाका सबै स्थानमा घरजग्गाको कारोबार दिनप्रतिदिन बढ्दै गएको छ । भित्री स्थानमा समेत जग्गाको भाउ र खरिदकर्ता दुबै बढेको पाइएको छ । बैना पट्टा गर्न पाए पास भनेको विस्तारै गर्ने सोचमा खदिकर्ता भएपनि जग्गा धनी भने साता/दश दिनमै बढ्को मूल्यले अझै ‘पर्ख र हेर’को सोचमा रहेको स्थानिय रामबाबु कार्कीले बताए । खदिरकर्ताको चाप बढेपछि तत्काल जग्गा विक्री गरिहाल्नु भन्दा पनि केही समय पर्खिने सोचमा आफू पुगेको उनको भनाइ छ ।

थानकोट, सितापाइला, बाजालु, नेपालटार, बुढालिनकण्ठ, बौद्ध जोरपाटी, भक्तपुरका तथा ललितपुरका विभिन्न स्थानमा घरजग्गा खदिर कर्ता बढ्दै गएको छ । देशका प्रमुख सहर विराटनगर, बीरगञ्ज, पोखरा,भैरहवा, नेपालगञ्ज, महेन्द्रनगरलगायताका स्थानमा जग्गाको भाउ आँकासिादो अवस्था रहेको एक जग्गा कारोबारीले बताए ।

उपत्यकामा कतिपय यस्ता घरजग्गा कारोबारीहरुले जग्गा किन्ने घर बनाउने र केही समयमै ५ देखि १० लाखसम्म नाफा लिएर घर विक्री गर्नेको संख्या कम छैन । त्यतिमात्रै कहाँ होर सस्तोमा घर किन्ने र पछि त्यसलाई डेन्टिङ पेन्टिङ गरेर विक्री गर्ने व्यक्तिगत कारोबारी पनि विस्तार हुँदै गएका छन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट आवास तथा घरनिर्माणका लागि सहजै सस्तो व्याजमा ऋण पाउने भएकोले पनि घरजग्गाको कारोबार बढ्दै गएको नेपाल बैकर्स एशोसिएशनका निवर्तमान अध्यक्ष उपेन्द्र पौड्यालले बताए । ‘उनीहरुले भविष्यसम्म अर्थात कर्जा अवधिसम्म ऋण तिर्ने बलिया आधारहरु भएमा मात्र ऋण दिने हो,’ उनले भने ‘घरजग्गामा लगानी गर्दा हाम्रो ऋण नडुब्ने र आवास तथा जग्गा खदिरका लागि लिएको ऋण आमनागरिकले पहिलो प्राथमिकतामा राखेर समयमै तिर्ने भएकाले पनि बैंकहरुले यसमा लगानी बढाएको पौड्यालले बताए ।

घरजग्गा किनबेच उच्च विन्दुमा पुगेपनि राष्ट्र बैंक भने यस सम्बन्धी कुनै नयाँ योजना तथा कार्यक्रम ल्याउने सोचमा पुगेको छैन । घरजग्ग्गा धितो राखेर लिने ऋणको मार्जिन ल्याडिङ ६० प्रतिशतबाट ५० प्रतिशतमा मौद्रिक नीतिबाटै झारिसकेको छ ।

 

Share News