अर्घाखाँची सिमेन्टद्वारा इन्जिनियरर्स, कन्ट्रयाकटर्स र निर्माणकर्मीहरुसँग अन्तरक्रिया

<p>काठमाडौं, ९ पुस । अर्घाखाँची सिमेन्टले पुस ८ गते पोखराको लेकसाइडमा अवस्थित होटल टेम्पल ट्रीमा इन्जिनियरर्स, कन्ट्रयाक्टरर्स र निर्माणकर्मीहरुको विशेष भेटघाट र अन्तरक्रिया गरेको छ । कम्पनीका इन्जिनियर विकास भट्टराइले सहभागी सबैलाई भूकम्प प्रतिरोधक भवन निर्माण गर्न र भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न बलियो घर निर्माणको प्राविधिक जानकारी प्रदान गर्नुका साथै गुणस्तरिय निर्माण सामाग्री छनौट गर्ने [&hellip;]</p>

काठमाडौं, ९ पुस । अर्घाखाँची सिमेन्टले पुस ८ गते पोखराको लेकसाइडमा अवस्थित होटल टेम्पल ट्रीमा इन्जिनियरर्स, कन्ट्रयाक्टरर्स र निर्माणकर्मीहरुको विशेष भेटघाट र अन्तरक्रिया गरेको छ । कम्पनीका इन्जिनियर विकास भट्टराइले सहभागी सबैलाई भूकम्प प्रतिरोधक भवन निर्माण गर्न र भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न बलियो घर निर्माणको प्राविधिक जानकारी प्रदान गर्नुका साथै गुणस्तरिय निर्माण सामाग्री छनौट गर्ने तरिकाहरुको बारेमा पनि जानकारी प्रदान गरेका थिए ।
arghakhachi
उक्त भेटघाट कार्यक्रममा सहभागी सबैजनालाई कम्पनीका सिनियर सेल्स एण्ड मार्केटिङ् मेनेजर रमेश थापाद्वारा आगामी दिनमा अर्घाखाँची सिमेन्टले विशेष बजार नीति अपनाइ कार्य अगाडी बढाउनुका साथै अन्य संगठनमा पनि भूकम्प प्रतिरोधक भवन निर्माणको बारेमा तालिम तथा जानकारी मुलक कार्यक्रमको आयोजना गर्नेे जानकारी दिए ।

Share News