चितवन, ९ पुस । नेपालमा वार्षिक ९ हजार दुर्घटनाहरु हने र २ हजार मानिसले ज्यान गुमाउनु परेको जनाउँदै नेपाल रेडक्रस सोसाइटीले प्राथमिक उपचार सेवा विस्तारमा जोड दिएको छ । नेपालमा ६६ हजार ५ सय २० किमी सडक रहेको छ र हरेक वर्ष दुर्घटनमा बढ्दै गएको छ ।
त्यस्तै, नेपालमा प्रजनन उमेर समूहका मृत्युबरण गर्ने महिलाको १६ प्रतिशत आत्महत्याको कारणले हुने, यी समस्यालाई सम्बोधन गर्न नेपाल रेडक्रसले १ हजार ७ सय २३ स्वयंसेवक परिचालन गरेको, गत वर्ष ३ हजार ६ सय २७ रक्त संकलन मोवाइल क्याम्प सञ्चालन गरिएको, जम्मा २ लाख ३० हजार नौसय पिन्ट रक्त संकलन भएको जानकारी दिईयो ।

साथै, रेडक्रसले सञ्चालन गरेको आँखा अस्पताल तथाफिल्ड हस्पिटलबाटएकलाख सत्तरीहजार मानिसहरुले सेवा पाएका छन्, ५ एकलाख ९४ हजार व्यक्तिलार्इ गतवर्ष प्राथमिक उपचार प्रदानगरिएको, गतबर्ष नेपाल सरकारले सञ्चालन गरेको दादुरा रुबेलाखोप अभियानबाट २ लाख १५ हजार थपबालबालिकाले खोप पाएको र नेरेसोले यो अभियानलाई सघाउदै ४० हजार बढी मानिसहरुलाई सन्देश पुर्याएको जनाएको छ ।
रेडक्रसले आपत्कालीन अवस्थामा स्वास्थ्य सेवा प्रदान गर्न आधारभूत उपकरण सहितको फिल्ड अस्पताल सञ्चालनमा ल्याउने भएकोछ । त्यस्तै आपत्कालीन अवस्थाको लागि एम्बुलेन्स, प्राथमिक उपचार, रक्तसञ्चार, मनोसामाजिक सहयोगलगायत सामान्य अवस्थामा बालबालिका युवा, महिला तथा जेष्ठ नागरिकको स्वास्थ्य प्रवर्धनका गतिविधिहरु नेपाल रेडक्रसले समन्वयात्मक तरीकाले विस्तार गर्ने जानकारी दिएको छ । शनिबार चितवनमा सुरु भएको नेपाल रेडक्रस सोसाइटीका स्वास्थ्य सम्बन्धी गतिविधिहरुको ३ दिने बार्षिक समीक्षा बैठकमा सो जानकारी दिइएको हो ।
समीक्षाको क्रममा नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिहरुले रेडक्रसले सञ्चालन गरेका एम्बुलेन्स, रक्तसञ्चार, खानेपानी, सरसफाई, अन्धोपन निबारण जस्ता विविध क्षेत्रका गतिविधिको प्रशंशा गरेका छन् । साथै, स्वास्थ्य क्षेत्रमा कार्य गर्ने नेपाल सरकारका बिभिन्न निकाय तथा मन्त्रालयहरुबीच समन्वय बढाउन बैठकले आव्हान गरेकोछ ।
आगामी ६ महिना भित्रकाभ्रे, सिन्धुपाल्चोक र काठमाडौं उपत्यकामा उपस्वास्थ्यचौकीहरु पुननिर्माण गरिने कार्यक्रममा जानकारी दिइयो । त्यस्तै प्राथमिक उपचारको लागि मोबाइल एप्लिकेशन बनाइने, वढ्दो सडक दुर्घटनालाई ध्यानमा दिई पैदलयात्रु, चालक, यात्रु र बालबालिकालाई लक्षित शैक्षिक गतिविधिहरु सञ्चालन गरिने भएका छन् ।
कार्यक्रममा समाजकल्याण परिषद, नेपाल सरकारका स्वास्थ्यमन्त्रालय र त्यस अन्तरगतशुक्रराज ट्रपिकल अस्पताल, जनस्वास्थ्य प्रयोगशाला लगायत विभिन्न निकायहरु, महिला तथा बालबालिका मन्त्रालय, संयुक्त राष्ट्रसंघका निकायहरु, गैरसरकारी संस्था, प्राथमिक उपचारका विषय विज्ञहरु, नेपालप्रहरी, नेपाल रेडक्रस, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ एवम् अष्टेलियन, नर्वेजियन क्यानेडियन, अमेरिकन र स्वीस रेडक्रसका प्रतिनिधिहरु गरी १०० वढी प्रतिनिधिहरु सहभागी छन् ।
कार्यक्रमको समुद्घाटन गर्दै नेरेसो अध्यक्ष सञ्जीव थापाले नेरेसोलाई समुदायमा पहिचान र स्वीकार्यता प्राप्त भै आएको स्मरण गर्दै नेपाल सरकारको स्वास्थ्य नीति, अन्तर्राष्ट्रिय फोरमहरुले औँल्याएका प्राथमिकता र नेपाल रेडक्रसको सातौँ विकास योजना मुताविक नेरेसोका स्वास्थ्यगतिविधिहरु अघि बढिरहेको बताए ।
विशेष अतिथिको आसनबाट बोल्दै सभाषद डा. विजयकुमार सिंले रेडक्रसले स्वास्थ्यका प्रवर्धनात्मक, रोकथाम मूलक र उपचारात्मक सवै क्षेत्रमाकामगर्न सक्छ भन्ने उदारहण दिइसकेको बताए । कार्यक्रमको क्रममा समाज कल्याण परिषदका उपाध्यक्ष नीलमणी बराल, महिला तथा बालबालिका मन्त्रालयका महानिर्देशक नरेश कुमार चापागाँई, स्वास्थ्य सेवाविभाग इपिडमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. गुणनीधि शर्मा, नेरेसो महामन्त्री देवरत्न धाख्वाले आफ्नो विचार व्यक्त गरेका छन् ।