धितोपत्र बोर्डद्धारा ११ वटा बैंकलाई आस्वा प्रणालीमा सहभागी हुने अनुमति

<p>काठमाडौं, ८ पुस । आगामी माघदेखि लागू गर्न लागेको एप्लिकेसन सपोर्टेड वाइ बल्कड् एमाउन्ट अर्थात आस्वा प्रणालीमा ११ वटा बैंकहरु सहभागी हुने भएका छन् । नेपाल धितोपत्र बोर्डले ९ वटा वाणिञ्य बैंक र २ वटा विकास बैंक सहित ११ वटा बैंकहरुलाई यस प्रणालीमा सहभागी हुन अनुमति दिएको हो । बोर्डका अनुसार अनुमति पाउनेमा वाणिज्य बैंकहरुमा सेन्चुरी [&hellip;]</p>

sebonकाठमाडौं, ८ पुस । आगामी माघदेखि लागू गर्न लागेको एप्लिकेसन सपोर्टेड वाइ बल्कड् एमाउन्ट अर्थात आस्वा प्रणालीमा ११ वटा बैंकहरु सहभागी हुने भएका छन् । नेपाल धितोपत्र बोर्डले ९ वटा वाणिञ्य बैंक र २ वटा विकास बैंक सहित ११ वटा बैंकहरुलाई यस प्रणालीमा सहभागी हुन अनुमति दिएको हो ।

बोर्डका अनुसार अनुमति पाउनेमा वाणिज्य बैंकहरुमा सेन्चुरी कमर्सियल बैंक, सनराइज बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, लक्ष्मी बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, एनआइसी एसिया, एनबी बैंक र कुमारी बैंक रेहका छन् । त्यस्तै, विकास बैंकहरुमा एस डेभलपमेन्ट बैंक र कैलास विकास बैंकले अनुमति पाएका छन् ।

बोर्डका अनुसार अन्य ६ वटा संस्थाहरु प्रक्रियामा रहेका छन् । बोर्डले आगामी माघदेखि सेयर आवेदन दिएपछि बैंक खातामा पैसा रोक्ने गर्ने प्रणाली आस्वा लागू गर्देछ ।

Share News