उच्च गतिको इन्टरनेट सेवासहितको टीभी संचालन, स्काई टीभीले पनि सुरु गर्यो इन्टरनेट सहितको सेवा

<p>काठमाडौं ८, पुस । केवल टेभिजिनबाट सेवा दिइरहेको स्काई केवल टीभीले क्षमता विस्तार गर्न एक करोड २० लाख खर्च गर्ने भएको छ । डिजिटल टीभीसहितको द्रुत गतिको इन्टरनेट सेवा पनि दिने गरी सेवाको क्षमता बढाइरहेको यो टीभीले ८० वटा च्यानलसहितको सेवा दिइरहेको छ । यो टिभीले इन्टरनेटको सेवा दिने भने नेपाल दूरसंचार प्राधिकरणबाट ६ महिना [&hellip;]</p>

काठमाडौं ८, पुस । केवल टेभिजिनबाट सेवा दिइरहेको स्काई केवल टीभीले क्षमता विस्तार गर्न एक करोड २० लाख खर्च गर्ने भएको छ । डिजिटल टीभीसहितको द्रुत गतिको इन्टरनेट सेवा पनि दिने गरी सेवाको क्षमता बढाइरहेको यो टीभीले ८० वटा च्यानलसहितको सेवा दिइरहेको छ ।
tv_s
यो टिभीले इन्टरनेटको सेवा दिने भने नेपाल दूरसंचार प्राधिकरणबाट ६ महिना अगाडि नै अनुमति लिइसकेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद आर्यालले बताए । उनका अनुसार पछिल्लो समय इन्टरनेटमार्फ सेवा दिने टीभीको संख्या बढ्दै गएकोले पनि नयाँ कम्पनी थपहुँदै सेवा तथा क्षमता विस्तार गर्न लागेका हुन । यस अघी सीम टीभीले इन्टरनेटसहितको सेवा सुरु गरिसकेको छ ।

सरकारले केवल टीभी संचालकलाई सन् २०१७ भित्रै अनिवार्य रुपमा डिजिटलमा स्तरोन्नति गर्न समय सीमा दिएकोले पनि केबल टीभी संचालक इन्टरनेट सेवा दिन तँछाडमछाड गर्न लागि परेका छन् । एचडी क्वालीटिमा सेवा दिन थालिएकोले पनि टीभी संचालक क्षमता विस्तारमा कस्सिएका हुन् ।

नेपाल केवुल टेलिभिजन महासंघ अध्यक्ष लक्ष्मीनारायण साहका अनुसार सरकारले दिएको समयसीमा भित्रै सबै टिभी डिजिटल हुँदै छन् । सरकारले महानगर, उपमहानगर र नगरपाालिकामा गरी पाँच वर्षको समयसीमा भित्र डिजिटलमा जान समय दिएको हो । यस समयमा कुनैकुनै नगरमा बाँकी भएपनि अरूमा भने डिजिटलमा जाने काम भैसकेको बताए ।

एनालगबाट डिजिटलमा जानु भनेको सेट अफ बक्स मार्फत क्षमता बढाउनु हो । यसले टीभीको गुणस्तर मात्रै बढ्ने मात्रै नभएर प्रभावकारी सेवा पनि पुगेको उनको बुझाई छ । इन्टरनेटसहितको सेवा दिनु र डिजिटमा जानु अलग पाटो भएकोले पनि व्यापरिक हिसावले टीभीले सेवाको दायरा बढाउन इन्टरनेट सुविधा पनि दिन थालेको साहको भनाइ छ ।

Share News