५ महिनामा सरकारको भैपरी खर्च २४ अर्ब रुपैयाँ, वित्तीय अनुशासन खोई ?

<p>काठमाडौं, ८ पुस । चालू आर्थिक वर्षको ५ महिनामा अर्थ मन्त्रालयले भइपरि खर्च शीर्षकबाट २४ अर्ब २ करोड रुपैयाँ निकासा गरेको छ । यो रकम बजेटमा विनियोजित शिर्षक भन्दा वाहिर खर्च भएको छ । पछिल्ला वर्ष सरकार वित्तीय अनुशासनको सीमा नाघ्दै गएको छ । चालु आर्थिक वर्षमा मात्र मनपरि खर्च भएको होइन, गत आर्थिक वर्ष [&hellip;]</p>

krishna_bahadur_maharaकाठमाडौं, ८ पुस । चालू आर्थिक वर्षको ५ महिनामा अर्थ मन्त्रालयले भइपरि खर्च शीर्षकबाट २४ अर्ब २ करोड रुपैयाँ निकासा गरेको छ । यो रकम बजेटमा विनियोजित शिर्षक भन्दा वाहिर खर्च भएको छ ।

पछिल्ला वर्ष सरकार वित्तीय अनुशासनको सीमा नाघ्दै गएको छ । चालु आर्थिक वर्षमा मात्र मनपरि खर्च भएको होइन, गत आर्थिक वर्ष बजेटको मध्यावधि समीक्षासम्म मन्त्रालयले ६ अर्ब ९० करोड बजेट यसरी नै बाँडेको थियो ।

यस वर्ष भूकम्पले क्षतिग्रस्त धार्मिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदा निर्माण तथा सरकारी भवन तथा कार्यालय बनाउनमात्र करिब २२ अर्ब रुपैयाँ निकासा भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । निकासा रकममध्ये पुनर्निर्माण प्राधिकरणलाई सबैभन्दा धेरै छ । गएको वर्ष मध्यवधिसम्म निकासा भएको रकममध्ये करिब ६ भूकम्पपीडितलाई न्यानो कपडा वितरणका लागि रकम निकासा गरिएको थियो ।

अर्थ मन्त्रालयमा दिनहुँ ३० देखि ४० वटा गैर बजेटरी रकम मागका फाइल आउने गरेको छन् । ‘थप बजेट माग आउन यो वर्ष पनि कम छैन, मन्त्रालयले स्रोतले भन्यो ‘ सरकार पिच्छेका स्वार्थ हुन्छन्, अर्को सरकारले ल्याएको बजेट कहाँ चित्त बुझ्छ र ।’

 

कुन महिनामा कति रकम निकास

मंसिर १ अर्ब ५९ करोड ८९ लाख
कार्तिक २० अर्ब ९० करोड ७१ लाख
असोज ९८ करोड ६७ लाख
भदौ ५१ करोड ८० लाख
साउन १ करोड ६६ लाख
स्रोतः अर्थ मन्त्रालय

‘सरकारै पिच्छे आयोजन र सोही बमोजिमको रकम निकासा, यो पुरानै परम्परा हो,’ ती उच्च अधिकारीले भने ‘माग अनुसारको रकम दिन सकिदैन, त्यसको हिसावै छैन ।’ ‘कार्यकर्ता रिझाउनका लागि पनि रकम निकासा गर्नुपर्ने सरकारको कस्तो वाध्यता हो ? उनले प्रतिप्रश्न गरे ।

चालू आवको पहिलो पाँच महिनामा प्रतिनिधि भ्रमण तथा स्वागतमा मात्र ६ करोड ८३ लाख खर्च भएको अर्थ मन्त्रालयको तथ्याङ्क छ । सो खर्चमा भारतीय राष्ट्रपति प्रणम मुखर्जीको स्वागत तथा सो कार्यक्रममा भएको खर्च भने समावेश गरिएको छैन ।

मन्त्रालयगत भएको खर्चमध्ये धेरै जसो रकम आर्थिक सहायता, कर फिर्ता तथा भ्रमण तथा स्वागतमा गरिएको छ । रकमान्तर शीर्षकअन्तर्गत भौतिक सुविधा, भइपरि आउने साधारण प्रशासन खर्च भएको मन्त्रालयले बताएको छ ।

५ महिनामध्ये साउनमा रकमान्तर शीर्षकमा कुनै रकम निकाशा भएकोे छैन भने भदौमा ४५ करोड, असोजमा ९५ करोड, कार्तिकमा २० अर्ब ९० लाख, र मंसिरमा १ अर्ब ५६ लाख रकमान्तर भएको छ । हाल रकमान्तर गरिएका शीर्षकमा धेरै जसो झिना÷मसिना काममा रकम खर्च गरिएको छ । रोल्पामा पोलिटेक्निक इस्टीच्युट निर्माणको लागि ३ करोड २५ लाख रकम निकाशा भएको छ भने काठमाडौं, चावहिल र भक्तपुरमा यातायात कार्यालय भौतिक सुविधाको लागि १० करोड ९० लाख र कार्यालय खोल्नको लागि ३५ करोड ७० लाख रुपैयाँ रकमान्तर गरिएको छ । त्यसैगरी नेपालको राजदुतावास वासिङटनको चान्सरी भवन तथा राजदुत निकास भवनको मर्मत सुधारको ४ करोड रुपैयाँ खर्च भएको छ ।

अन्य विभिन्न साना, खुद्रे तथा झोले आयोजना जसले राजनीतिक स्वार्थ पुरा गर्न तथा कार्यकर्तालाई रिझाउन सक्छ त्यस्तो आयोजनामा रकम निकाशा गरिएको छ । सामान्य प्रशासन, गृह, ऊर्जा, भौतिक योजना तथा यातायात, सहरी विकासलगायत अन्य मन्त्रालयलाई पनि थप बजेट निकाशा गरिएको छ ।

Share News