सीआईबी र नेशनल बैंकिङ ईन्ष्टिच्युटबीच सम्झौता, वित्तीय अपराध नियन्त्रण गर्ने

<p>काठमाडौं, ७ पुस । नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) र नेशनल बैंकिङ ईन्ष्टिच्युट (एनबीआई) बीच वित्तीय क्षेत्रमा हुने अपराध रोक्न तथा भएका अपराधको अनुसन्धान गर्न सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा एनबीआईका प्रमुख कार्यकारी अधिकृत सन्जिब सुब्बा र सीआईवीका प्रमुख नवराज सिलवालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार सीआईवीले छनौट गरेर पठाएका [&hellip;]</p>

mou-cibकाठमाडौं, ७ पुस । नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) र नेशनल बैंकिङ ईन्ष्टिच्युट (एनबीआई) बीच वित्तीय क्षेत्रमा हुने अपराध रोक्न तथा भएका अपराधको अनुसन्धान गर्न सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा एनबीआईका प्रमुख कार्यकारी अधिकृत सन्जिब सुब्बा र सीआईवीका प्रमुख नवराज सिलवालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार सीआईवीले छनौट गरेर पठाएका अनुसन्धानमा संलग्न हुने कर्मचारी तथा अन्य अधिकारीलाई अन्तरराष्ट्रिय चासोका विषयहरु मध्येको एण्टी मनी लण्डरिङ तथा कम्ब्याटिङ दि फाइनान्सिङ अफ टुरिजम (एएमएल/सीएफटी)का तालिम एनबीआईले उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ ।

वित्तीय कारोवारको दायरा बृद्धिसँगै बैंक तथा वित्तीय क्षेत्रमा ठगी तथा घोटालाका घटनाहरु र अन्य वित्तीय अपराध समेत बढिरहेकोले एएमएलरसीएफटीमा तालिमले कानुन कार्यान्वयन ईकाइलाई प्रभावकारी ढंगबाट कामगर्न मद्दत पुग्ने जारी विज्ञप्तिमा बताइएको छ ।

कार्यक्रममा एनवीआईका सीईओ सुब्बाले एनबीआईको मुख्य उद्देश्य बैंक तथा वित्तीय संस्था एवं नियामक निकाय, नीति निर्माता तथा कानून कार्यान्वयन ईकाइहरु लगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला पक्षहरुको दक्षता अभिवृद्धि गर्नु रहेको बताएका छन् ।

कार्यक्रममा सीआईबीका प्रमुख सिलवालले पनि साझेदारीसँगै वित्तीय क्षेत्र सम्बद्ध अपराध अनुसन्धानमा सक्रिय अधिकारीहरुलाई अपराधको प्रकृति अध्ययन तथा अनुसन्धान गर्न अवाश्यक ज्ञान तथा सीप उपलव्ध गराउन उपयुक्त माध्यम हुने बताए । साथै क्षमता अभिवृद्धि कार्यक्रमले केन्द्रिय अनुसन्धान ब्युरो टोलीलाई थप परिपक्कता बनाइ माथिल्लो तहमा पुग्न मद्दत मिल्ने विश्वास गरेका छन् ।

Share News