सिटिजन्स बैंकको एटिएम सेवा अब ललितपुरको भैंसेपाटीमा पनि

<p>काठमाडौं, ७ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बिहीबारबाट ललितपुर स्थित भैंसेपाटी शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । उक्त एटिएम सेवा विस्तार पछि बैंकको कुल एटिएम संख्या ५३ पुगेको छ । बैंकले आफ्नो ५८ वटा शाखा र ७२ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ४ लाख १७ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे छ । [&hellip;]</p>

citizen_inte_bankकाठमाडौं, ७ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बिहीबारबाट ललितपुर स्थित भैंसेपाटी शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त एटिएम सेवा विस्तार पछि बैंकको कुल एटिएम संख्या ५३ पुगेको छ । बैंकले आफ्नो ५८ वटा शाखा र ७२ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ४ लाख १७ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे छ ।

हाल बैंकको उपत्यका भित्र २७ वटा तथा उपत्यका बाहिर २६ वटा एटिएम सञ्चालनमा रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Share News