पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन, अब पुरानै मूल्यमा इन्धन पाइने

<p>काठमाडौं, ७ पुस । व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएको छ । बिहिबार बसेको सो समिति अन्तर्गत गठिन उप समिति बैठकले नेपाल आयल निगमले हालै वृद्धि गरेको मुल्य कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।‘उपभोक्ताको ढाड सेक्ने गरि आफैले बनाएको कार्यबिधीको समेत उल्लंघन गर्दै पेट्रोलियम पदार्थको वृद्धि [&hellip;]</p>

nocकाठमाडौं, ७ पुस । व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएको छ ।

बिहिबार बसेको सो समिति अन्तर्गत गठिन उप समिति बैठकले नेपाल आयल निगमले हालै वृद्धि गरेको मुल्य कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।‘उपभोक्ताको ढाड सेक्ने गरि आफैले बनाएको कार्यबिधीको समेत उल्लंघन गर्दै पेट्रोलियम पदार्थको वृद्धि गरिएको मुल्य घटाउन निर्देशन गरिन्छ’, समिति बैठकको निर्णय सुनाउँदै उप समिति सभापति सुभाषचन्द्र ठकुरीले विकासन्युजसँग भने ।

नेपाल आयल निगमले पुस ४ गते राती १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टितेलमा समायोजन गरी चार रुपैयाँ ५० पैसा मूल्य वृद्धि गरेको थियो । नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ ५० पैसा, डिजेल ७७ रुपैयाँ ५० पैसा र मट्टितेल ७७ रुपैया ५० पैसाका कारोबार भैरहेको थियो ।

समितिको निर्णय कार्यान्वयन भएमा पेट्रोलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ, डिजेल ७३ रुपैयाँ र मट्टितेल ७३ रुपैयाँमा पाइनेछ । बिहिबारको बैठकमा बाणिज्य सचिव प्रेम कुमार राई सहभागी थिए ।

बढेको मुल्य कार्यान्वयन नगर्न संसदिय समितिले दिएको निर्देशन कार्यान्वयनबारे बुझ्न निगमका कार्यकारी प्रमुख गोपाख खड्काको मोबाइल स्विच अफ थियो । निगम प्रवक्ता भानुभक्त खनालले भने यसबारे आफुलाई केहि थाहा नभएको प्रतिक्रिया दिए ।

Share News