साताको अन्तिम दिन नेप्से परिसूचक हरियो, ५० करोड रुपैयाँको सेयर कारोबार

<p>काठमाडौं, ७ पुस । साताको अन्तिम दिन सेयर बजार हरियो भएको छ । बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । परिसूचक ४ दशमलब ७८ अंकले बढेर १४७५ दशमलब ४१ अंकमा पुगेको छ । लगातार घटेको बजारमा आज केही मात्रामा सुधार भएको देखिन्छ । परिसूचक सँगै कारोबार रकममा पनि सुधार भएको छ । सो दिन [&hellip;]</p>

nepse_thursdayकाठमाडौं, ७ पुस । साताको अन्तिम दिन सेयर बजार हरियो भएको छ । बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । परिसूचक ४ दशमलब ७८ अंकले बढेर १४७५ दशमलब ४१ अंकमा पुगेको छ । लगातार घटेको बजारमा आज केही मात्रामा सुधार भएको देखिन्छ ।

परिसूचक सँगै कारोबार रकममा पनि सुधार भएको छ । सो दिन १३८ कम्पनीको ७६ लाख ९९ हजार कित्ता सेयर ५० करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ । बुधबारको तुलनामा बिहीबार ५ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

बजारमा सनराइज बैंक लि प्रमोटर सेयरको सेयर, नेको इन्स्योरेन्स र नेपाल दुरसञ्चार कम्पनीको ४ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, चिलिमे हाइड्रो पावर कम्पनीको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ ।

सो दिन उत्पादनमूलक, अन्य समूह, विकास बैंक र बैंकिङ समूहको परिसूचक क्रमशः ३४, १९, ५ र २ अंकले उकालो लागेका छन् । यी मध्ये बाँकी रहेका समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक २३ अंकले ओरालो लागेको छ ।

बजारमा एनबी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी करिब ८ प्रतिशत कमाएका छन् । उता सबैभन्दा बढी माउन्ट मकालु डेभलपमेन्ट बैंकका लागानीकर्ताले करिब ५.७ प्रतिशत गुमाएका छन् ।

Share News