नागढुंगा-नौविसे सुरुङमार्ग निर्माणका लागि जापानले दियो १५ अर्व २८ करोड ऋण

<p>काठमाडौं, ७ पुस । जापान सरकारले नेपालको नागढुंगा सुरुङमार्ग निर्माण योजनाको लागि १५ अर्व २८ करोड ऋण दिने भएको छ । सो योजनाको लागि ऋण दिने सम्झौतामा अर्थसचिव डा.शान्तराज सुवेदी र जापानी राजदुत मासागी ओगावाले हस्ताक्षर गरे । सम्झौता हस्ताक्षरमा  उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार मन्त्री रमेश लेखकको पनि  उपस्थिति  रहेको थियो । [&hellip;]</p>

काठमाडौं, ७ पुस । जापान सरकारले नेपालको नागढुंगा सुरुङमार्ग निर्माण योजनाको लागि १५ अर्व २८ करोड ऋण दिने भएको छ ।naubise

सो योजनाको लागि ऋण दिने सम्झौतामा अर्थसचिव डा.शान्तराज सुवेदी र जापानी राजदुत मासागी ओगावाले हस्ताक्षर गरे ।

सम्झौता हस्ताक्षरमा  उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार मन्त्री रमेश लेखकको पनि  उपस्थिति  रहेको थियो ।  ऋण ०.०१ प्रतिशत व्याजमा जापान सरकारले नेपाललाई उपलव्ध गराएको हो ।

सुरुङ मार्ग २.५ किलोमिटर लामो हुने अर्थमन्त्रालयले जनाएको छ । सो योजना सन् २०२२ सम्ममा पुरा गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

Share News