काठमाडौं, ६ पुस । प्रेस काउन्सिल नेपालको रिक्त सदस्यमा साहित्यिक पत्रकार चेतनाथ धमला नियुक्त भएका छन् । सूचना तथा सञ्चारमन्त्रीस्तरको यही पुस ४ गतेको निर्णयअनुसार प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ (१) बमोजिम चार वर्षका लागि उनलाई मनोनयन गरिएको हो ।
ओखलढुङ्गामा जन्मिएका धमला ‘कौशिकी’ हाल साहित्यिक पत्रिकाका प्रकाशक तथा सम्पादक हुन् । विसं २०५२ देखि पत्रकारितामा आबद्ध धमला हाइकू, ताङ्का, कविता, गीत, गजल, चोका, समीक्षा र सम्पादन विधामा सक्रिय छन् । नेपाल साहित्यिक पत्रकार सङ्घका उपमहासचिव रहेका उनले नेपाल प्रज्ञा–प्रतिष्ठानको राष्ट्रिय कविता महोत्वस, २०७१ मा द्वितीय पुरस्कार पनि प्राप्त गरेका थिए । रासस