सेयर बजार ओरालो लाग्ने क्रम जारी, नेप्से २५ अंकले घट्यो, ४६ करोडको सेयर कारोबार

<p>काठमाडौं, ६ पुस । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । बुधबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २५ दशमलब ४८ अंकले घटेर १४७० अंकमा झरेको छ । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । मंगलबार ६८ करोडको कारोबार भएको बजारमा बुधबार भने जम्मा ४६ करोड [&hellip;]</p>

काठमाडौं, ६ पुस । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । बुधबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २५ दशमलब ४८ अंकले घटेर १४७० अंकमा झरेको छ ।

nepse_wed

बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । मंगलबार ६८ करोडको कारोबार भएको बजारमा बुधबार भने जम्मा ४६ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १३१ कम्पनीको ६ लाख ७८ हजार कित्ता सेयर किनबेच भएको छ ।

सो दिन ट्रेडिङ् र होटल समूहको परिसूचक सामान्य अंकले बढेको छ भने कारोबार भएका बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १७८ अंकले घटेको छ । त्यस्तै, उत्पादनमूलक र बैंकिङ समूहको परिसूचक दोहोरो अंकले झरेका छन् भने बाँकी सामान्य अंकले घटेका छन् ।

बजारमा एभरेष्ट बैंकको ३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बुक क्लोज भएको दिन बैंकको प्रतिकित्ता सेयर १८०० रुपैयाँमा कारोबार भएको छ । सो दिन सबैभन्दा बढी करोबार एभरेष्ट बैंकको नै भएको छ ।

दोहोरो अंकले घटेको बजारमा पनि दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । नागबेली लघुवित्त विकास बैंक र एनबी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य क्रमशः ९.९९ र ९.९३ अंकले बढेको छ । रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको करिब ९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

Share News