काठमाडौं, ६ पुस । एभरेष्ट बैंकको सेयर बुधबार करिव ४५ प्रतिशतले घटेको छ । मंगलबार प्रतिकित्ता ३२६८ रुपैयाँमा कारोबार भएको यस बैंकको सेयर बुधबार प्रतिकित्ता १८०० रुपैयाँमा कारोबार भएको छ ।
आजदेखि बुक क्लोज भएकोले अब यस बैंकको सेयर किन्नेले गत आर्थिक वर्षको बोनस सेयर पाउँदैन । हिजोसम्म सेयर किन्नेले ७० प्रतिशत बोनस सेयर पाउँथे ।

नेप्सेले यस बैंककाे बाेनसपछिकाे समायाेजित मूल्य १८३२ ताेकेकाेमा त्याेभन्दा कम मूल्यमा सेयर काराेबार भएकाे छ । बुधबार पनि नेप्सेमा उच्च गिरावट आएको छ ।