पुस १५ र १६ गते काठमाडौंदेखि सौराहासम्म मोटर र्याली हुँदै

<p>काठमाडौं, ६ पुस । आगामी पुस १५ र १६ गते काठमाडौंदेखि सौराहासम्म मोटर र्याली हुने भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) र नेपाल मोटर स्पोर्ट्स क्लब (एनएमएससी) को समन्वयमा लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रल र अन्य क्लबले उक्त मोटर र्याली  आयोजना गर्ने भएका हुन् । मोटर र्याली काठमाडौंको लैनचौरस्थित स्काउट कम्पाउन्डबाट प्रारम्भ हुनेछ [&hellip;]</p>

motor-rallyकाठमाडौं, ६ पुस । आगामी पुस १५ र १६ गते काठमाडौंदेखि सौराहासम्म मोटर र्याली हुने भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) र नेपाल मोटर स्पोर्ट्स क्लब (एनएमएससी) को समन्वयमा लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रल र अन्य क्लबले उक्त मोटर र्याली  आयोजना गर्ने भएका हुन् ।

मोटर र्याली काठमाडौंको लैनचौरस्थित स्काउट कम्पाउन्डबाट प्रारम्भ हुनेछ । त्यसपछि दामन, हेटौंडा हुँदै सौराहा पुग्ने छ । समय, दुरी र गति (टीडीएस) प्रणालीका आधारमा आयोजना हुने उक्त र्यालीका विजेताहरुलाई पुरस्कृत समेत गरिने आयोजकको भनाइ छ ।

मोटर र्यालीले नेपालमा विकसित हुँदै गरेको ड्राइभ टुरिजम्लाई प्रवद्र्धन गर्नुका साथै सडक सुरक्षाको सन्देश समेत प्रदान गर्नेछ । त्यसैगरी यसले घुमफिर वर्ष २०७३ लाई प्रभावकारी रुपमा मनाउन पनि सहयोग गर्नेछ । यो ‘टेन्थ सिन्सियर सिटिजन मोटर र्याली’ हो ।

Share News