चितवन, ५ पुस । ज्योति विकास बैंकले पहिलो पटक तनहुँ र चितवन जिल्लामा बैंकको नयाँ एटिएम सेवा सुरु गरेको छ । जेष्ठ नागरिकहरुलाई सहज रुपमा बैकिङ्ग कारोबार सेवा दिने उद्देश्यले बैंकको भरतपुर शाखाले देवघाटमा रहेको एक्टेसन काउन्टर मार्फत पहिलो पटक एटिम सेवा सुरु गरेको हो ।

बैंकले जेष्ठ नागरिकहरु र धार्मिक पर्यटकहरुको सहजताका लागि उक्त सेवा सुरु गरेको बैंकको भरतपुर शाखाका प्रमुख तपेन्द्र विष्टले बताएका छन् ।
एटिएम सेवाको एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुवँर, महेश सस्कृति गुरुकुलका प्रचार्य डा.गुरुप्रसाद सुवेदी र देवघाट गाविसका सचिव बुद्धिप्रसाद भुषालले संयुक्त रुपमा रिबन काटेर शुभारम्भ गरेका थिए ।
बैंकले हाल देशभरका विभिन्न २९ वटा शाखा मार्फत सेवा दिदै आएको छ । १ अर्ब रुपैयाँ चुक्ता पूँजी नाघि सकेको बैंकले छिटै ६ वटा शाखा विस्तार गर्ने बैकका प्रमुख कुवँरले बताएका छन् ।