काठमाडौं, ५ पुस । आगामी फागुन ८ र ९ गते पुर्वाधार सम्मेलन आयोजना हुने भएको छ । नेपाल उद्योग परिसंघले सरकार र युवा निर्माण व्यवसायी समाजसँग मिलेर पुर्वाधार सम्मेलन आयोजना गर्न लागेको हो ।
प्रधानमन्त्रीले उद्घाटन गर्ने सम्मेलनमा भारतको संघिय रेलमन्त्री सुरेश प्रभुले प्रमुख वक्ताका रुपमा पुर्वाधार विकासबारे धारणा राख्ने कार्यक्रम रहेको छ ।
‘निजी क्षेत्र अनिवार्य साँझेदार भन्ने नाराका साथ आयोजना गर्न लागिएको हो । सम्मेलनमा ५ सय भन्दा बढि निर्माण व्यवसायीले सहभागीता जनाउने अपेक्षा गरिएको छ ।