नेपाली बुट र सुटको प्रदर्शनी सुरु, गुणस्तरमा ध्यान दिन उपराष्ट्रपति पुनको पत्र

<p>काठमाडौं, ५ पुस । राजधानीको भृकुटमिण्डपमा नेपाली बुट र सुटको १३ औं राष्ट्रिय औद्योगीक प्रदर्शन सुरु भएको छ । पुस ११ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपाली जुत्ता चप्पल तथा सुटका १२५ वटा स्टल रहेका छन् । प्रदर्शनीको बाणिज्य सचिव ङइन्द्र प्रसाद उपाध्याय र नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले संयुक्त रुपमा उद्घाटन गरेका थिए [&hellip;]</p>

jutta_melaकाठमाडौं, ५ पुस । राजधानीको भृकुटमिण्डपमा नेपाली बुट र सुटको १३ औं राष्ट्रिय औद्योगीक प्रदर्शन सुरु भएको छ । पुस ११ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपाली जुत्ता चप्पल तथा सुटका १२५ वटा स्टल रहेका छन् ।

प्रदर्शनीको बाणिज्य सचिव ङइन्द्र प्रसाद उपाध्याय र नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । मेलाको उद्घाटन गर्न उपराष्ट्रपति नन्द बहादुर पुन आउने भनिए पनि स्वास्थ्य खराब भएकाले उनी आएनन् ।

बाणिज्य सचिव उपाध्यायले व्यापार घाटा कम गर्न जुत्ता चप्पल उद्योगको ठुलो योगदान रहेको बताउँर्दै स्वदेशी उद्योगको संरक्षणका लागि सरकारले सहयोग गर्ने बताएका थिए । उनले नेपाली जुत्ता चप्पलको निर्यात सम्भावनालाई हेरेर एकिकृत व्यापार रणनीति(एनटिआइएस)मा समावेश गरेको पनि बताएका थिए ।

महासंघ अध्यक्ष मुरारकाले निर्यातमा नगद अनुदान बढाउने तथा आयातमा भन्सार वृद्धि गरेर राज्यले स्वदेशी उद्योगको प्रवद्र्धन गर्नुपर्ने धारणा राखेका थिए ।

आत्मनिर्भरताको आधार स्वदेशी बस्तुको प्रयोग भन्ने नारा दिएको मेलामा यस पटक पनि कपडा तथा सिलाई व्यवसायी संघको पनि सहभागिता रहेकोछ ।

प्रदर्शनीमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज स्याण्डल एवं सर्ट पाइन्ट तथा सुटका कपडा, प्राकृतिक रेसाबाट बनेका कपडाहरु तथा आकर्षक डिजाइनका सर्टि¨ सुटिङ्गका डिजाईनहरु तथा फुड स्टलहरु प्रदर्शनीमा रहेका छन् ।

जुत्ता तथा चप्पलहरुको खरिदमा १५ प्रतिशतसम्मको छुट सुबिधा उपलब्ध गराइएको छ ।

गुणस्तरमा ध्यान दिन उपराष्ट्रपतिको पत्र
प्रदर्शनीलाई सफलताको शुभकामना सन्देश पठाउँदै उप राष्ट्रपति नन्द बहादुर पुनले गुणस्तरमा ध्यान दिन नेपाली जुत्ता उत्पादक कम्पनीहरुलाई आग्रह गरेका थिए । ‘नेपाली उत्पादन प्रति नेपाली जन मानसमा गुणस्तर कम हुने गरेको गुनासो छ, उत्पादकहरुले गुणस्तरमा पनि बिशेष ध्यान दिन आवश्यक छ’, उप राष्ट्रपति पुनले लिखित सन्देशमा भनेका छन् ।
उनले आन्तरिक बजारको प्रवद्र्धन र स्वदेशी उद्योग संरक्षणको विशेष योजनाद्धारा आत्मनिर्भरताको बाटोमा अघि बढ्न पनि सुझाव दिएका थिए ।

Share News