अरुण कावेलीको साधारण सेयर बाँडफाँड, ३५ हजारसम्मको आवेदन दिनेलाई गोलाप्रथाबाट

<p>काठमाडौं, ५ पुस । अरुण काबेली पावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको साधारण सेयर बाँडफाड गरेको छ ।   मंगलबार दिउसो सेयर विक्रि प्रबन्धक रहेको सिद्धार्थ क्यापिटलले कम्पनीको थापाथलीस्थित कार्यालयमा बसेर सारधारण सेयर बाँडफाड गरेको हो । ३५ हजार रुपैयाँ बराबरको साधारण सेयर आवेदन दिनेलाई गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ ।गोलाप्रथाबाट पाएका व्यक्तिहरुले १३ कित्ता पाएका [&hellip;]</p>

काठमाडौं, ५ पुस । अरुण काबेली पावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको साधारण सेयर बाँडफाड गरेको छ ।  arun-kabeli

मंगलबार दिउसो सेयर विक्रि प्रबन्धक रहेको सिद्धार्थ क्यापिटलले कम्पनीको थापाथलीस्थित कार्यालयमा बसेर सारधारण सेयर बाँडफाड गरेको हो । ३५ हजार रुपैयाँ बराबरको साधारण सेयर आवेदन दिनेलाई गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ ।गोलाप्रथाबाट पाएका व्यक्तिहरुले १३ कित्ता पाएका छन् ।  र ५० हजारसम्मको सेयर आवेदन दिनेलाई २.६७ प्रतिशतले सेयर बाँडफाँड गरिएको छ ।

त्यस्तै ५० हजार भन्दा माथिको सेयर आवेदन भर्नेलाई १.९७ प्रतिशतका दरले सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । कम्पनीले कात्तिक ९ गते ३० करोड रुपैंयाको ३० लाख कित्ता साधारण शेयर निस्कासन गरेको थियो ।
१२ अर्ब ६३ करोड रुपैंया बराबरको सेयर आवेदन परेको थियो । ताप्लेजुङको सिमानामा पर्ने कोबली नदीमा २५ मेगावाट क्षमताको काबेली बी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Share News