नेप्से परिसूचक १४ सयमा झर्यो, ६८ करोडको सेयर कारोबार

<p>काठमाडौं, ५ पुस । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । परिसूचक १८ दशमलब ८९ अंकले घटेर १४९५ दशमलब ९९ अंकमा झरेको छ । सो दिन १३८ कम्पनीको ७ लाख २३ हजार कित्ता सेयर ६८ करोड ३९ लाख रुपैयाँमा किनबेच भएको छ । बजारमा परिसूचक घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ [&hellip;]</p>

nepseकाठमाडौं, ५ पुस । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । परिसूचक १८ दशमलब ८९ अंकले घटेर १४९५ दशमलब ९९ अंकमा झरेको छ । सो दिन १३८ कम्पनीको ७ लाख २३ हजार कित्ता सेयर ६८ करोड ३९ लाख रुपैयाँमा किनबेच भएको छ । बजारमा परिसूचक घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ ।

मंगलबार अन्य समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक घटेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १११.३५ अंकले घटेको छ । अन्य समूहको २.६ अंकले बढेको छ भने बाँकीको दोहोरो अंकले घटेका छन् ।

बजारमा एभरेष्ट बैंकको २८ करोड रुपैयाँको सेयर काराृेबार भएको छ । उक्त बैंकको सेयर मूल्य प्रतिकित्ता ३ हजार १९० रुपैयाँ रहेको छ ।

सो दिन सबैभन्दा बढी नागबेली लघुवित्त विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । मञ्जुश्री फाइनान्सियल इन्स्टिट्यूसनको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।

Share News